काठमाडौँ: मंगलबार काठमाडौँ उपत्यका सहित देशभरको मौसम बदली हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । तर सोमबारको तुलनामा चिसो भने नबढ्ने मौमसविद शमिर श्रेष्ठले बताए ।
उनले अहिले बिहान काठमाडौँ उपत्यकामा बदली भएपनि मध्यान्नपछि घाम लाग्ने जानकारी दिए । काठमाडौँमा सोमबार बिहानको न्यूनतम तापक्रम ६.५ र अधिकतम तापक्रम २०.५ डिग्री सेल्सियस मापन गरिएको थियो ।
मंगलबार बिहान ६ बजेको न्यूनतम तापक्रम ६.४ डिग्री सेल्सियस मापन गरिएको छ । मंगलबारको अधिकतम तापक्रम पनि २० देखि २१ डिग्री सेल्सियसकै बीचमा रहने भएकोले चिसो नबढ्ने मौसमविद श्रेष्ठले बताए ।
उनले देशको तराई क्षेत्रमा पनि बिहान बादलसहितको हुस्सु लागेको भएपनि मध्यान्नपछि हुस्स हटेर घाम लाग्ने बताए । उच्च पहाडी क्षेत्रमा भने मौसममा बदलीसँगै सामान्य हिमपातको सम्भावना रहेको छ ।
मंगलबारराति देशका पूर्वी भूभागका धेरै स्थानहरूमा र मध्य र पश्चिमका पहाडी भूभागमा आंशिक बदली रहने मौसमविद श्रेष्ठले बताए ।
प्रकाशित मिति : मंगलबार, मंसिर १८ २०७५
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्