बुटवल -प्रदेश ५ को स्थायी राजधानी बुटवल बाट अन्यत्र सार्ने प्रदेश सरकारको निर्णय र प्रदेश सभामा पेश भएको प्रस्ताव प्रती होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ रुपन्देहीको गम्भिर ध्यानाकर्षण भएको छ । बहुसंख्यक जनताको केन्द्र ,पूर्वाधारका हिसाबले सुबिधासम्पन्न , राजधानीको नाममा यहाँका सामाजिक संघ संस्थाहरुले आफना सुबिधा सम्पन्न वन समेत सरकारलाई उपलब्ध गराएको र उपयुक्त रुपन्देही जिल्लाबाट राजधानी सारेर दाङ² लैजाने निर्णय अव्यवहारीक र अदुरदर्शि भएको संघको ठहर छ ।
संघका अध्यक्ष समुन्द्र जिसी र महासचिव माव कुमार खनालद्धारा जारी विज्ञप्तिमा बुटवलमा स्थायी राजधानी स्थापना गर्न विगत लामो समयदेखि यस क्षेत्रका व्यवसायिक संघसंस्था र आम सर्वसाधारणले गरेको योगदानलाई अवमुल्यन एको ठहर समेत गरिएको छ ।
विज्ञप्तिमा राजनैतीक पूर्वाग्रही मानसिकता कारण हालको विषम परिस्थिीतिको समेत ख्याल नराखी प्रस्ताव पेश गरिनु यस क्षेत्रका व्यवसायी र जनमत माथी खेलवाड गर्न खोजिएको उललेख गरिएको छ ।
देशका हरेक आन्दोलनको उर्वर भूमिका रुपमा परिचित बुटवलका व्यवसायी र आम जनताको शक्तिलाई कमजोर आकलन नर्गन र बुटवललाई नै स्थायी राजधानी कायम गर्न संघले माग गरेको छ ।
विज्ञप्तिमा प्रदेश नं ५को स्थायी राजधानी बुटवको विकल्प नरहेको भन्दै यसको बिकल्प खोजिए जस्तो सुकै आन्दोदन गर्न र सडकमा सुन्त बाध्य हुन परेपनि तयार रहेको चेतावनी समेत दिईएको छ ।
प्रकाशित मिति : शनिबार, असोज १७ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्