नेपालमा आइतबार थप २२ सय ५३ जना कोरोना भाइरस (कोभिड–१९) संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विभिन्न प्रयोगशालामा गरिएको १२ हजार ७८४ जनाको परीक्षणमा थप २२ सय ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको छ ।
यससँगै कोरोना संक्रमितको संख्या ८६ हजार ८२३ पुगेको छ, जसमध्ये सक्रिय संक्रमितको संख्या २२ हजार २१९ रहेको छ ।
यता, नेपालमा कोरोनामुक्त हुनेको संख्या ६४ हजार ६९ पुगेको छ । पछिल्लो २४ घण्टामा थप १३ सय २९ जना कोरोनालाई जितेर घर फर्किएका छन् ।
आज थप ७ जना संक्रमितकाे मृत्यु भएसँगै कोरोनाबाट ज्यान गुमाउनेकाे संख्या ५३५ पुगेकाे छ ।
प्रकाशित मिति : आइतबार, असोज १८ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्