कोरोनाबाट ज्यान गुमाउनेको संख्या ५३५ पुग्यो

कोरोनाबाट ज्यान गुमाउनेको संख्या ५३५ पुग्यो

नेपालमा आइतबार थप ७ जना कोरोना भाइरस (कोभिड–१९) संक्रमितको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित ब्रिफिङका क्रमा थप सात जनाको कोरोनाबाट ज्यान गएको जानकारी दिएको छ ।

यससँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ५३५ पुगेको छ ।

नेपालमा आइतबार थप २२ सय ५३ जना कोरोना संक्रमित थपिएका छन् । यससँगै कोरोना संक्रमितको संख्या ८६ हजार ८२३ पुगेको छ, जसमध्ये सक्रिय संक्रमितको संख्या २२ हजार २१९ रहेको छ ।

यता, नेपालमा कोरोनामुक्त हुनेको संख्या ६४ हजार ६९ पुगेको छ । पछिल्लो २४ घण्टामा थप १३ सय २९ जना कोरोनालाई जितेर घर फर्किएका छन् ।

प्रकाशित मिति : आइतबार, असोज १८ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij