‘आवेगमा गरिएको व्यवहारले प्रतिपक्षको भूमिका कमजोर बनाउँछ’ गगन थापा

‘आवेगमा गरिएको व्यवहारले प्रतिपक्षको भूमिका कमजोर बनाउँछ’ गगन थापा

काठमाडौं – ५ नं. प्रदेशको राजधानी दाङ सार्ने निर्णयको विपक्षमा उत्रिएका प्रदेश ५ का कांग्रेस सांसदहरुले हिजो प्रदेशको संसदभित्र देखाएको ‘ताण्डव’ प्रति कांग्रेस नेता गगन थापाले संसदीय मर्यादा र प्रतिष्ठा विपरित भएको बताएका छन् ।

पूर्वमन्त्री समेत रहेका प्रतिनिधिसभा सांसद थापाले संसदमा आफ्नो फरक मत राख्ने र विरोध गर्ने अनेकन तरिका हुँदा हुँदै आफ्नै पार्टीका प्रदेश सांसदहरुले गरेको तोडफोड गलत भएको बताएका छन् । ‘संसदमा आफ्नो फरक मत राख्ने र सरकारको विरोध गर्ने अनेकन तरिका छन् । हिजोको तरिका संसदभित्र पूर्णत अवाञ्छनीय छ । हामीले यो घटनामा आत्मालोचना गर्दै गल्ती गर्नेलाई कारबाही पनि गर्नै पर्छ ।’ थापाले भनेका छन् ।

प्रतिपक्षले सरकारको जस्तोसुकै नाजायज हठका विरुद्ध आवाज उठाउने तरिका संसदीय अभ्यास भित्रै रहेको भएपनि प्रतिपक्षको भूमिका के–कस्तो हुने भन्नेमा नेता कार्यकर्तालाई सिकाउन नसकेकै जनाएका छन् ।

साथै प्रतिपक्षले आवेगमा विवेक गुमाउँदा सरकारको असंसदीय तथा निन्दनीय व्यवहारका विरुद्ध बोल्ने नैतिक बल पनि गुमाउनु पर्छ भन्दै नत्र मन्त्रीको “घिसारेर निकालिहाल्” को प्रतिकार यति कमजोर हुँदैन थियो समेत भनेका छन् । आवेग र आवेशमा गरिएको व्यवहारले प्रतिपक्षकै मुद्दालाई कमजोर पार्छ भन्ने कुरा बुझ्नु पर्ने थापाको ठहर छ ।

प्रदेश ५ सरकारले राजधानी दाङको भालुवाङ र नाम लुम्बिनी राख्ने प्रस्ताव संसदमा दर्ता गराएको छ । सो प्रस्तावमाथि प्रदेशसभाको आज मध्याह्न बस्ने बैठकमा मतदान हुँदैछ । बैठक बस्नुअघि प्रमुख प्रतिपक्षी कांग्रेसले दाङको विपक्षमा मतदान गर्न ह्वीप जारी गरेको छ । तर, केही प्रदेश सांसदहरुले पार्टीको ह्विप विपरित जाने बताइसकेका छन् ।

दाङ राजधानी तोक्न लागिएकोमा असन्तुष्ट केही कांग्रेस सांसदहरुले हिजोको प्रदेशसभा बैठकमा कुर्सी तोडफोड गरेका थिए । उनीहरुलाई कांग्रेसले कारबाही गर्ने चेतावनी दिएको छ ।

प्रकाशित मिति : मंगलबार, असोज २० २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij