काठमाडौं – नेपालमा कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको छ । गत २४ घण्टामा देशभर ३ हजार ४ सय ३९ जना नयाँ संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार (आज) दिएको जानकारीअनुसार यो संख्या अहिल्यैसम्मको बढी हो ।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विभिन्न जिल्लामा गत २४ घण्टामा ३ हजार ४ सय ३९ जना नयाँ संक्रमित थपिएका हुन् ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ९४ हजार २ सय ५३ पुगेको छ । संक्रमितमध्ये ६८ हजार ६ सय ६८ जना निको भएर घर फर्किएका छन् ।
प्रकाशित मिति : बुधबार, असोज २१ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्