नेत्रहीन युवा संघ नेपालद्वारा आश्रममा स्वास्थ्य सुरक्षा सामाग्री वितरण

नेत्रहीन युवा संघ नेपालद्वारा आश्रममा स्वास्थ्य सुरक्षा सामाग्री वितरण

 

बुटवल-नेत्रहिन युवा संघ रुपन्देहीले स्वरोजगार गरी आत्मनिर्भर बन्दै आएका नेत्रहिनहरुलाई स्वास्थ्य दोस्रो दिन पनि सुरक्षा सामग्री प्रदान गरेको छ । बुधबार बुटवल–१३ नया गाउँ जवाई मैदान नजिकै रहेको रुपन्देही दृष्टिविहिन संरक्षण केन्द्रमा स्वाथ्य सामग्री प्रदान गरिएको हो । आश्रममा रहेर स्वरोेजगार मुलक व्यवसाय अगरवत्तीको प्याकिङ्ग,फिनायल निर्माण गरि विक्रि वितरण गर्दै आएका दृस्टिबिहिन अपाङ्गता भएको व्याक्तिहरुलाई स्वाथ्य सामग्री प्रदान गरिएको हो ।

नेत्रहिन युवा संघ रुपन्देहीका अध्यक्ष टिकाराम पौडेलका अनुसार १४ जना स्वरोजगार व्यवसाय गर्दै आएका व्याक्तिहरुलाइ माक्स, स्यानेटाईजर, ग्लब्स लगायतका स्वाथ्य सामग्री प्रदान गरिएको हो । कोडिभको कारण पहिला सडक संगीतको काम गर्दै आएका उनीहरुले हाल अगरवत्तीको प्याकेजिङ्ग गर्ने,फिनायल बनाएर विक्रि वितरण गर्दै आएका छन् । विक्रि वितरणका लागि घर–घरमा जाने क्रममा कोरोनाको जोखिम न्युनीकरण होस भन्ने हेतुले आफूहरुले स्वाथ्य सामग्री प्रदान गरिएको अध्यक्ष टिकाराम पौडेलले जानकारी दिए ।

आश्रमको अध्यक्ष पदम बहादुर नेपालीले आय आर्जनको बाटो परिर्वतन भएको जानकारी दिदै आफुहरुले बनाएका सामाग्री हरु बिक्री वितरणको लागि डिपो बनाइ बजारी करणमा सहयोग गर्न स्थानिय तह तथा प्रदेश सरकार संघ माग गरेका थिए ।

सामाग्री बिक्री का लागि घरघर मा जादा सोचे जस्तो बिक्री नहुने, माग्नेको जस्तो व्यवहार गर्ने गरेको तर आफू परिश्रम गरेर सामान बनाउने, बिक्री वितरण गर्ने हुदा हाम्रो सामान खरिद गरिदिनु हुन र माग्ने को जस्तो व्यवहार नगरिदिन सबैमा अध्यक्ष नेपालली आग्रह गरेका थिए । स्वाथ्य सामाग्री वितरण कार्यक्रममा नेपाल नेत्रहिन संघ, रुपन्देही श्रवण, दृष्टिविहिन परियोजनाको संयोजक प्रेम आचार्य, नेत्रहिन युवा संघ नेपाल रुपन्देहीका उपाध्यक्ष जिवन पोखरेल, रुपन्देही नेत्रहीन संघ का सदस्य पुर्ण बहादुर थापा लगायतले पुर्व सावधानी अपनाएर काम गर्नको लागि आग्रह गरेका थिए । मंगलबार संघले उजेलापुरमा रहेको आश्रममलाई पनि स्वाथ्य सामग्री प्रदान गरेको थियो ।

प्रकाशित मिति : बुधबार, असोज २१ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij