फिनल्याण्डमा १६ वर्षीया किशोरीलाई एक दिनका लागि प्रधानमन्त्री बनाइयो

फिनल्याण्डमा १६ वर्षीया किशोरीलाई एक दिनका लागि प्रधानमन्त्री बनाइयो

एजेन्सी । फिनल्याण्डमा एक किशोरीलाई १ दिनका लागि प्रधानमन्त्री नियुक्त गरिएको छ । त्यहाँकी प्रधानमन्त्री सन्ना मरिनले हालै १६ वर्षीया किशोरी आभा मुर्तोलाई एक दिनका लागि प्रधानमन्त्रीको पद हस्तान्तरण गरेकी हुन् ।

लैंगिक समानताका लागि उत्कृष्ट देशका रुपमा चिनिने फिनल्याण्डले यसैका लागि यस्तो निर्णय गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । बुधबार एक दिनका लागि प्रधानमन्त्री बनेकी आभा मुर्तोले कुनै नयाँ निर्णय गर्ने वा कानून बनाउने काम गरिनन् ।

उनलाई प्रविधिमा महिला अधिकार विषयमा राजनीतिज्ञहरुसँग दिनभर बैठकमा सहभागी गराइयो । प्रधानमन्त्री मरिनको यो निर्णयको सर्वत्र प्रशंसा गरिएको छ । बीबीसीबाट–

प्रकाशित मिति : बिहिबार, असोज २२ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij