काठमाडौं -आज देशभर ४ हजार ३ सय ६४ जना कोरोना संक्रमित थपिएका छन् । आज उपत्यकामा मात्रै २५ सय ४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
बिहीबारसम्म देशभर कोरोना भाइरसको सक्रिय संक्रमित २६ हजार ६ सय ८४ जना पुगेको छ । जसमा संस्थागत आइसोलेसनमा ११ हजार ७ सय १७ र होम आइसोलेसनमा १४ हजार ९ सय ६७ जना रहेका छन् ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बिहीबारको प्रेस ब्रिफिङमा बितेको २४ घण्टामा देशभर ४ हजार ३ सय ६४ जना संक्रमित थपिएको जानकारी दिए ।
काठमाडौंमा २ हजार ८५, भक्तपुरमा १ सय ३५ र ललितपुरमा ३ सय २० जना रहेका छन् ।
प्रकाशित मिति : बिहिबार, असोज २२ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्