भैरहवा- नेपाल विद्युत प्राधिकरणले रुपन्देहीको मर्चवार क्षेत्रमा सार्बजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । नेपाल विद्युत प्राधिकरण द्वारा प्रस्तावित मैनहिया–सम्पतिहा १३२ केभी प्रसारण लाईन आयोजनाको प्रारम्भिक वतावरणीय परीक्षण प्रतिवेदन बारे विभिन्न सरोकारवालहरु बिच सार्बजनिक सुनुवाई सम्पन्न भएको हो । कोटहीमाई गाउँपालिका गाउँ कार्यापालिकाको कार्यालयको हलमा सम्पन्न उक्त सार्बजनिक सुनुवाई कार्यक्रमका प्रमुख अतिथि कोटहीमाई गाउँपालिकाका अध्यक्ष चन्द्रभुषण यादवले सम्पतिहा–मैनहिया विद्युत प्रसारण कार्यको स्वागत गर्दै उक्त कार्य सम्पन्न पछि मर्चवारमा सब स्टेशनको स्थापना गरी यहाँ पनि लाईन प्रसारण गर्न आग्रह गरेका छन् । उनले भने ‘मर्चवार क्षेत्रमा अधिक्तम विद्युत कटौती र कम भोल्टेजले यो क्षेत्र उद्योगीकरण हुन सकेको छैन । कृषि क्षेत्र मनिने मर्चवारमा कृषिको लागि पनि प्रयाप्त विद्युत सुबिधा रहेको छैन ।’ विद्युतको लागि मर्चवारमा विशेष प्राथमिकतामा राख्न आग्रह समेत गरे । यसैगरी कार्यक्रममा कोटहीमाई गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत रिषीराम अर्जेल, जनता समाजवादी पार्टीका जिल्ला नेता रामगणेश पाल, मर्चवार लिफ्ट सिचाइ आयोजनाका ब्यवस्थापक विश्वनाथ आर्य, स्थानीय मुन्ना पाल, संचारकर्मी अनिल कुमार तिवारी लगायतका प्रश्न सहित लाईन प्रसारण कार्यमा स्थानीय श्रमको सहभागीता गराउन, मर्चवारमा विद्युतको समस्या न्यूनिकरण गर्न, प्रसारण तार गएको जग्गा धनीलाई क्षतीपुर्ति, कटान गर्नुपर्ने रुकको उचित ब्यवस्थापन सहित पुन बृक्षारोपण लगायतका सुझाव र प्रश्न राखेका थिए । सबैको प्रश्नलाई सम्बोधन गर्दै आयोजना प्रमुख हरी प्रसाद पाण्डेयले प्रसारण क्षेत्रको अवश्यक्ता अनुसार जग्गा खरिद गर्ने र प्रसारण लाइनबाट केही समस्या भएमा क्षतिपुर्ति दिनेगरी ब्यव्स्था रहेको बताएका छन् । ‘प्रसारण लाइनबाट ९–९ मिटर दायाँ र बायाँ क्षेत्र भन्दा बाहिर कुने असर नगर्ने’ उनले भने । निर्माणको बेलामा कम्पनीलाई सक्दो वातावरण अनुकुल अनुसार स्थानीय श्रमकै सहभागीता गराउन भनिने उनको भनाई छ । समाजिक उत्तरदायित्व महसुस गरी सम्पतिहा देखि मैनहिया सम्मका विभिन्न स्थनीयहरुलाई २ करोड बराबरको सिलाई कटाई, मौरी पालन, गोठ ब्यवस्थापन लगायतका रोजगारी सिर्जना हुनेगरी कार्यक्रम समेत ल्याइने पाण्डेयले जानकारी दिएका छन् । अयोजनाले बनाएको नक्सा अनुसार कुनै घर नपर्ने र लाईन प्रसारणको बेला रुख कटानी गर्नुपरेमा एक रुख सट्टा १० वटा रुख लगाउने बताउदै यस योजनामा सबैले सहयोग गर्न आग्रह गरेका थिए ।
प्रकाशित मिति : बिहिबार, असोज २२ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्