रुपन्देहीमा कोरोना संक्रमणबाट थप ३ को मृत्यु

रुपन्देहीमा कोरोना संक्रमणबाट थप ३ को मृत्यु

बुटवल-रुपन्देहीमा कोरोना संक्रमणबाट गएराती थप ३ जनाको मृत्यु भएको छ। मृत्यु हुने तीनै जना बुटवलका हुन । लुम्बीनी प्रादेशिक अस्पताल बुटवलका सूचना अधिकृत डा. बिष्णु गौतमका अनुसार बुटवल ११ की ६१ वर्षीया महिलाको उपचारका क्रममा कोरोना विशेष अस्पताल बुटवलमा आज बिहान २ बजे मृत्यु भएको हो। संक्रमण पुष्टि भएपछि असोज २१ गते उनलाई कोरोना अस्पतालको आइसीयुमा भर्ना गरिएको थियो। ती महिलालाई स्वासप्रश्वासको समस्या भए पनि अन्य दिर्घरोग नभएको उपचारमा संलग्न चिकित्सकले बताएका छन्।

बुटवल १ का ७० वर्षीय पुरुषको पनि गएराती कोरोना अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको छ। निमोनियाको समस्या देखिएका उनलाई पनि आइसीयुमा राखेर उपचार भइरहेको थियो। असोज २२ गते संक्रमण पुष्टि भए लगत्तै स्वासप्रश्वास र निमोनियाको समस्या देखिएका उनलाई अस्पतालमा बेड  अभाव भएकाले शनिबार मात्रै आइसीयुमा सारिएको थियो।

बुटवल ११ का ८४ वर्षीय पुरुषको उपचारकै लागि दाङ लैजादै गर्दा बाटोमै मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकृत डा गौतमले जानकारी दिए। डा. गौतमका अनुसार बुटवल भैरहवाका कोरोना अस्पतालमा बेड खाली नभएपछि उनलाई उपचारकै लागि दाङको बेलझुण्डीस्थिती कोरानो विशेष अस्पताल पठाइएको थियो। बुटवल छँदै बिरामीको अवस्था जटिल भएको र उनलाई तत्कालै आइसीयु र भेन्टिलेटरको पनि आवश्यकता पर्न सक्ने देखिएपछि दाङ पठाइएको हो। तर कपिलबस्तुको धानखोला पुग्दा उनको मृत्यु भयो।

यसअघि शनिबार तिलोत्तमा नगरपालिका ३ की ६६ बर्षे महिलाको पनि दाङको बेलझुण्डीस्थित कोरोना विशेष अस्पतालमा उपचारकै क्रममा मृत्यु भएकको थियो। बुटवल भैरहवामा आइसीयु बेड खाली नभएपछि ती महिलालाई पनि शुक्रबार दाङ पठाइएको हो। ती महिलालाई उच्चरक्तचाप र मधुमेहको समस्या थियो।

यससंगै रुपन्देहीमा कोरोना संक्रमणबाट मृत्युहुनेको संख्या ३७ पुगेको छ।

प्रकाशित मिति : आइतबार, असोज २५ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij