रुपन्देहीको कञ्चनमा एक सामुदायिक बन अतिक्रमण

रुपन्देहीको कञ्चनमा एक सामुदायिक बन अतिक्रमण

कञ्चन-रुपन्देहीको कञ्चन गाउपालिका वडा नं. ३ र ४ मा रहेको रुद्रपुर धमिनाताल सामुदायिक बन उपभोक्ता समूहको कार्य क्षेत्र र आवादी जग्गाको बिचमा रहेको करिब १५ कट्ठा सार्बजनिक जग्गा ब्यक्तिले अतिक्रमण गरेका छन।
यस भन्दा अघि सामुदायिक बन उपभोक्ता समूहको नक्सा भित्र रहेको पछिल्लो पटक उपभोक्ता समूहको कार्ययोजनाबाट लगत कत्ता गरिएको उक्त सार्वजनिक जग्गालाई कञ्चन ३ का भिम थापाले टेक्टरले जोतेर अतिक्रमण गरेको स्थानियहरुको आरोप लगाएका छन। धमिनाताल सामुदायिक बन उपभोक्ता समूहको ब्लक नं.५ अन्तर्गत रहेको उक्त सार्बजनिक जग्गा अतिक्रमण भएपछि स्थानियहरुले सामुदायिक बन उपभोक्ता समूहका प्रतिनीधिहरुलाई जानकारी गराएको र थप अतिक्रमण हुनबाट जोगाएको स्थानियहरुले बताएको छ।
दिन दहाडै सार्वजनिक जग्गा अतिक्रमण गर्ने हिम्मत कसरी भयो र कसको सल्लाहमा सार्बजनिक जग्गा अतिक्रमण गरिएको हो ? भन्दै नाम नखुलाउने शर्तमा प्रल्हाद नाम गरेका एक स्थानिय ( नाम परिबर्तित)ले आक्रोस ब्यक्त गरे । सामुदायिक बनको क्षेत्रसंग जोडिएको उक्त सार्बजनिक जग्गा अतिक्रमण भएको बारे धमिनाताल सामुदायिक बन उपभोक्ता समूहका अध्यक्ष जित बहादुर क्षेत्रीसंग बुझ्दा उक्त जग्गा बन क्षेत्र भित्र नपर्ने तर सो जग्गा कसैको निजी भोग चलन गरेको नभई सार्बजनिक जग्गा भएको जानकारी भएको बताउनु भएको छ ।
सामुदायिक बन क्षेत्र र आवादीको बिचमा ३२ फुटको कच्ची बाटो र बाटो र आवादीको बिचमा रहेको करिब १५ कट्ठा सार्वजनिक जग्गालाई सो जग्गासं जेडिएको जग्गा आवादी गर्दै आएका भिम थापालाई अतिक्रमण गरेको बारे सामुदायिक बन उपभोक्ता समूहले स्पष्टीकरण लिएको अध्यक्ष क्षेत्रीले जानकारी दिनु भएको छ । उक्त सामुदायिक बन उपभोक्ताको बन क्षेत्रको ब्लक नं. ५ मा पश्चिम क्षेत्रकै चर्चित मन्दिर सुपा देउरालीको मन्दिर प्रतिस्थापन गरिएको छ ।

प्रकाशित मिति : मंगलबार, असोज २७ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij