बुटवल
मिर्गौलाको नियमित डायलाईसिस गराईरहेका बिरामी मध्ये बिमा नगरेका ३१९ जना विरामीहरु कोरोना विमावाट बन्चित भएका छन ।
मिर्गौलाका विरामीहरु कोरोना संक्रमणको उच्च जोखिम रहेको भन्दै कुनैपनि विमा कम्पनीले विमा गर्न तयार नभएपछि ती विरामी अन्यायमा परेको गौतमबुद्ध सामुदायिक मुटु अस्पतालका अध्यक्ष एजाज आलमद्धारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।
गौतमबुद्ध सामुदायिक मुटु अस्पतालबाट अस्पतालमा नियमित मिर्गौलाको डायलाईसिस गराईरहेका विरामीहरुको निशुल्क कोरोना विमा गरिदिने निर्णय गरिएको थियो । ३१९ जना विरामीहरुको कोरोना विमा कार्यको लागि बुटवल उपमहानगरपालिकाबाट सिफारिस समेत लिईसकेको अवस्थामा विमा कम्पनी तयार नभएपछि समस्या उत्पन्न भएको र उक्त कार्य रोकिएको अस्पतालले जनाएको छ ।
विगत सात महिना यता विश्वभर फैलिएको कोरोना महामारीपछि नेपालमा कोरोना विमा गराउनेहरुको लहर बढिरहेको छ । हरेक संघसंस्था, कार्यालय तथा व्यक्तिगत रुपमा समेत सर्वसाधारणले कोरोना विमा गराउने क्रम अहिले पनि जारी छ ।
प्रकाशित मिति : बुधबार, असोज २८ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्