काठमाडौं – आज अक्टोबर १५ अर्थात ‘विश्व हात धुने दिवस’ विभिन्न कार्यक्रम गरि मनाइँदैछ । हरेक वर्ष अक्टोबर १५ का दिन ‘विश्व हात धुने दिवस’ विभिन्न कार्यक्रम गरि मनाइँदै आएको छ । तर यस वर्ष भने कोरोनाको संक्रमण जोखिमका कारण त्यति धेरै औपचारिक कार्यक्रम छैन् । नेपालमा सन् २००८ अक्टोबर १५ देखि विश्व हात धुने दिवस मनाइँदै आएको छ ।
यस वर्ष ‘हातको सरसफाइ सबैका लागि, साबुनपानी हात, सधैँ साथसाथ’ भन्ने नाराका साथ दिवस मनाइँदैछ । ‘विश्व हात धुने दिवस’ को पूर्व सन्ध्यामा शुभकामना सन्देश दिँदै राष्ट्रपति विद्यादेवी भण्डारीले कोभिड–१९ को विस्तार र सङ्क्रमण रोक्न हातको स्वच्छता हुुनुपर्छ भन्ने सन्देश नागरिकसम्म पु¥याउनु अपरिहार्य भएको बताएकी छन् ।
राष्ट्रपति भण्डारीले साबुनपानीले २० सेकेण्डसम्म मिचिमिची हात धुँदा श्वासप्रश्वासजन्य एवं निमोनिया सङ्क्रमण तथा झाडापखालामा कमी ल्याउन सकिने र इबोला, हेपाटाइटिस, सार्स जस्ता जीवाणुद्वारा लाग्ने रोगबाट पनि बच्न सकिने तथ्य अध्ययनले देखाएको उल्लेख गर्दै कोरोना भाइरसलाई निष्क्रिय बनाई सङ्क्रमणमा कमी ल्याउने महत्वपूर्ण औजारमध्ये हातको स्वच्छता पनि एक भएको बताइन् ।
उनले घर, विद्यालय, स्वास्थ्य केन्द्र, कार्यालय, उद्योग, सार्वजनिकस्थल आदिमा साबुनपानीले हात धुने सुविधा, सोसम्बन्धी नौला र सिर्जनशील उपाय एवं प्रविधिको विकास र विस्तारमार्फत हातको स्वच्छतासम्बन्धी नियमित व्यवहारको विकास गरी सबै नागरिकको जीवनलाई स्वच्छ, स्वस्थ र मर्यादित बनाउन पनि आह्वान गरेकी छन् ।
प्रकाशित मिति : बिहिबार, असोज २९ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्