रुपन्देहीमा पैदलयात्रु र सवारीसाधन चालकलाई नियम पालना गराउन ‘डमी’ ट्राफिक

रुपन्देहीमा पैदलयात्रु र सवारीसाधन चालकलाई नियम पालना गराउन ‘डमी’ ट्राफिक

भैरहवा – जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीले पैदलयात्रु र सवारीसाधनलाई ट्राफिक नियमसम्बन्धि सचेतना जगाउने, लेन अनुशासन, जेब्रा क्रसिङका बारेमा चेतना अभिबृद्धि गरी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले मुख्य चोकहरुमा डमी राख्न सुरु गरेकोे छ ।

डमीमा ट्राफिक नियम उल्लंघनबारे विभिन्न किसिमका प्लेकार्डसमेत राखिएको छ । झट्ट हेर्दा ट्राफिक प्रहरी जस्तै देखिने भएकाले सवारीचालकले आफ्नो सवारीसाधनको गति नियन्त्रण गर्ने, ट्राफिक नियमको पनि पालना गर्ने भएकाले दुर्घटना हुने सम्भावना कम हुने लुम्बिनी प्रदेश ट्राफिक प्रहरी प्रमुख एसपी डम्बर बहादुर विकले जानकारी दिए ।

उनले भने, ‘जनशक्ति कम हुँदा सबै ठाउँ ट्राफिक प्रहरीले ड्यूटी गर्न नभ्याउन सक्छ, यस्तो बेला सडकमा राखिएको डमीले पैदलयात्रु र सवारीसाधन चालकलाई नियम पालना गराउन मद्दत पुग्ने हाम्रो विश्वास छ ।’

भैरहवा क्षेत्रको अति व्यस्त चोकहरु बर्मेलीटोल, देवकोटाचोक र मिलन चोकमा ट्राफिक डमी राखिएको छ ।

ट्राफिक डमी र त्यसमा बोर्ड राखिएपछि सवारी चालक, यात्रु सबैमा लापरवाही गर्नु हुँदैन भन्ने मनोवैज्ञानिक प्रभाव पर्ने र नागरिकले पनि ट्राफिक प्रहरीले दिनरात सेवा दिइरहेको अनुभूति गर्ने विश्वास आफूहरुले लिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी निरीक्षक दिवश बहादुर जिसीले बताए । हाललाई ५ ठाउँमा ट्राफिक प्रहरी डमी राखिने र यसको प्रभावकारिता हेरेर जिल्लाभर डमी राख्ने कामलाई विस्तार गरिने जिसीले जनाए । ट्राफिक डमी राख्ने कार्यक्रममा रुपन्देही प्रहरी प्रमखु प्रहरी उपरीक्षक प्रवीण पोखरेल, विभिन्न सामाजिक संघ–संस्थाका प्रमुख लगायत सहभागि थिए ।

प्रकाशित मिति : बिहिबार, असोज २९ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij