बुटवल – रूकुम र रूपन्देहीका एक/एक काेराेना संक्रमितकाे मृत्यु भएकाे छ ।
बाँकेको कोहलपुरस्थित शिक्षण अस्पतालमा उपचाररत रुकुमको चौरजहारी नगरपालिका वडा नं १४ निवासी ३३ वर्षीय पुरुषको मृत्यु भएकाे छ । उनीमा असाेज २२ गते संक्रमण पुष्टि भएकाे थियाे ।
उपचारका क्रममा आज बिहान ५ बजे मृत्यु भएको हो । अहिलेसम्म बाँकेका मात्रै २७ जनाको मृत्यु भइसकेको छ ।
यस्तै लुम्बिनी प्रादेशिक अस्पतालमा काेराेना संक्रमित तिलोत्तमा नगरपालिका–२ का ६७ वर्षीय पुरुषको मृत्यु भएकाे छ ।
बुटवलस्थित कोरोना विशेष अस्पतालमा उपचाररत ती पुरूषमा काेराेना देखिएपछि असाेज २१ गते अस्पताल भर्ना गरिएकाे थियाे । २५ गतेदेखि अस्पतालका सघन उपचार कक्षमा राखेर भेन्टिलेटरको सहायतामा उनको उपचार गरिएको थियो ।
उपचारका क्रममा उनको बिहान मृत्यु भएको हाे । योसँगै कोरोना संक्रमणबाट रुपन्देहीमा मृत्यु हुनेको संख्या ४६ पुगेको छ ।
प्रकाशित मिति : शुक्रबार, असोज ३० २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्