बुटवल-बुटवलमा १२ जना जुवाडे पक्राउ परेका छन् । ईलाका प्रहरी कार्यालय बुटवलले एकैदिन दुई ठाउँमा छापामारी उनीहरुलाइ पक्राउ गरेको हाे । प्रहरीले उनीहरूको साथबाट नगद करीब १ लाख बढी नगद केही बुक तास समेत फेला पारेको छ ।
बुटवल उपमहानगरपालिका ७ सुख्खानगरमा तास खेलिरहेको अवस्थामा ५ जना जुवाडेलाई प्रहरीले पक्राउ गरेको हो । दिउँसो घरमा तास खेलिरहेको अवस्थामा उनीहरू रंगे हात पक्राउ परेका हुन् ।
करिब ६५ हजार नगद र तास सहित ५ जनालाई प्रकाउ गरेको ईलाका प्रहरी कार्यालय बुटबलले जनाएको छ ।
त्यसैगरी प्रहरीले बुटवलको मैनाबगरमा रहेको लुम्बिनी स्टाफ होटलबाट तास खेलिरहेका ७ जना जुवाडेलाई नगद ४५ हजार सहित पक्राउ गरेको प्रहरी स्रोतले जनाएको छ ।
पक्राउ परेका जुवाडेहरूलाई जुवा ऐन अन्तर्गत मुद्दा चलाउने तयारी भैरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : शनिबार, कार्तिक १ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्