बुटवल-नेपालमा सोमबार थप ३७ सय ९० जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा विभिन्न प्रयोगशालामा गरिएको १५ हजार ७१४ जनाको परीक्षणमा थप ३७ सय ९० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
यससँगै कोरोना संक्रमितको संख्या एक लाख ३६ हजार ३६ पुगेको छ, जसमध्ये सक्रिय संक्रमितको संख्या ४० हजार ७७८ रहेको छ ।
यस्तै नेपालमा पछिल्लो २४ घण्टामा थप २३ सय ३५ जना कोरोना भाइरस (कोभिड–१९) संक्रमणमुक्त भएका छन् ।
सोमबारको प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज थप २३ सय ३५ संक्रमित निको भएको जानकारी दिएको छ ।
यससँगै कोरोनाबाट मुक्त हुनेको संख्या ९४ हजार ५०१ पुगेको छ । कूल संक्रमितमध्ये ६९.५ प्रतिशतले कोरोना जितेको मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले जानकारी दिए ।
यसैबिच
नेपालमा पछिल्लो २४ घण्टायता थप १८ जना कोरोना भाइरस (कोभिड–१९) संक्रमितको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित प्रेस ब्रिफिङका क्रममा आज थप १८ जनाले कोरोनाबाट ज्यान गुमाएको जानकारी दिएको छ ।
यससँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ७५७ पुगेको छ ।
प्रकाशित मिति : सोमबार, कार्तिक ३ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्