बुटवल-नेपालमा मंगलबार थप तीन हजार ९३ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा विभिन्न प्रयोगशालामा गरिएको १३ हजार ८६१ जनाको परीक्षणमा थप तीन हजार ९३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
यससँगै कोरोना संक्रमितको संख्या एक लाख ३९ हजार १२९ पुगेको छ, जसमध्ये सक्रिय संक्रमितको संख्या ४१ हजार ७७५ रहेको छ ।
पछिल्लो २४ घण्टामा थप २१ सय ८ जना कोरोना संक्रमणमुक्त भएका छन् । यससँगै कोरोनाबाट मुक्त हुनेको संख्या ९६ हजार ६०९ पुगेको छ । कूल संक्रमितमध्ये ६९.४ प्रतिशतले कोरोना जितेको मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले जानकारी दिए ।
मंगलबार थप ८ जनाको मृत्यु भएसँगै कोरोना संक्रमणबाट ज्यान गुमाउनेकाे संख्या ७६५ पुगेकाे छ ।
प्रकाशित मिति : मंगलबार, कार्तिक ४ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्