नेपालमा थप ३ हजार ६ सय ३७ जनामा कोरोना संक्रमण

नेपालमा थप ३ हजार ६ सय ३७ जनामा कोरोना संक्रमण

बुटवल – नेपालमा थप ३ हजार ६३७ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशाला गरिएको १५ हजार २५५ जनाको परीक्षण मध्ये ३ हजार ६३७ जनाको रिपोर्ट पोजेटिभ आएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसँगै कुल संक्रमितको संख्या एक लाख ४८ हजार ५०९ पुगेको छ ।

संक्रमितमध्ये हालसम्म कोरोना जितेर घर फर्किनेको संख्या १ लाख २ हजार ८२० पुगेको छ । पछिल्लो २४ घण्टामा थप ३ हजार २१५ जना उपचारपछि डिस्चार्ज भएका छन् । कोरोना जित्नेको दर ६९.२ प्रतिशत रहेको छ ।

हाल नेपालमा ४४ हजार ८७७ संक्रिय संक्रमित छन् । संस्थागत आइशोलेसनमा रहनेको संख्या १३ हजार ३३९ छ भने होम आइशोलेसनमा ३१ हजार ५३८ जना छन् । क्वारेन्टिनमा रहेको संख्या ३ हजार ७५१ छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप २१ जनाको मृत्यु भएको हो । योसँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ८१२ पुगेको छ ।

प्रकाशित मिति : बिहिबार, कार्तिक ६ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij