रुपन्देही
कोरोनाको कहरमा पनि कञ्चन जेसिज सामाजिक सेवामा निरन्तर किर्याशिल हुदै आएको छ ।सेवा गर्ने भावना छ भने कुनै पनि परिस्थितीले छेक्न नसक्ने कुराको प्रमाण रुपन्देहीको कञ्चन जेसीज बर्ष २०२० ले विजयादशमीको अवसरमा मुसहर बस्तीका मुसहर परिवारलाई दशै खर्च स्वरुप शनिवार राहत सामाग्री वितरण गरी प्रस्तुत गरेको छ। विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसको संक्रमणलाई रोकथाम तथा नियन्त्रणका लागि गरिएको लकडाउनका कारण श्रृजित समस्यामा परेका दैनिक ज्यालादारी गरेर आफ्नो जिवन निर्वाह गर्दै आएका मसुहर परिवारहरुलाई दशै खर्च स्वरुप कञ्चन जेसिज बर्ष २०२० ले राहत उपलब्ध गराएको हो ।
देशभर भएको लकडाउनका कारण उद्योग तथा रोजगारीका अवसरहरुबाट बन्चीत भएर आफ्नो घरमा चुलो बाल्नै समस्यामा परेका परिवारहरुलाई मानवियताका आधारमा हुनेले जस्तै हुदा खाने परिवारहरुले पनि खुशीका साथ नेपालीहरुको महान चार्ड दशै मनाउने वातावरण तयार गर्नु हरेक जेसिज युवाहरुको जिम्मेवारी र कर्तब्य बोधका साथ कञ्चन जेसिजको पदाधिकारी सदस्यहरुबाट थोरै थोरै राहत संकलन गरी बिपन्न तथा मुसहर परिवारहरुलाई राहत उपलब्ध गराइएको कञ्चन जेसिज बर्ष २०२०का अध्यक्ष बाबराम पौडेलले जानकारी दिनु भएको छ । हामीले आफुसंग भएर भन्दा पनि सेवा भावले काम गर्दै आउनु भएका सहयोगीदाताहरुको सहयोगले बिपन्न परिवारहरुलाई दशै राहत उपलब्ध गराउन सम्भव भएको बताउदै अध्यक्ष पौडेलले अरुका लागि बिषम परिस्थितीले अवरोध पुरायो कि पुराएन तर कञ्चन जेसिजलाई बिषम परिस्थिती कञ्चनका हरेक बस्ती र वास्तबिक पिडित परिवारहरुसंग परिचित हुने मौका मिल्नुको साथै वहाँहरुलाई निस्वार्थ रुपमा सेवा गर्ने सुनौलो अवसर प्राप्त भएको उल्लेख गर्नु भयो । यदि सामान्य परिस्थिती भएको भए कञ्चन जेसिजले प्रकाशित गरेको नियमित बार्षिक कार्यक्रमलाई मात्र प्राथमिकता दिएर ती कार्यक्रमहरु सम्पन्न गर्नेमा मात्र ध्यान हुन्थ्यो तर लकडाउनले बार्षिक कार्यक्रमका अतिरिक्त सेवामुलक कार्यहरु गर्ने अवसर मिलेको अध्यक्ष पौडेलले बताउनु भयो ।
महान पर्व दशैमा दशै खर्च स्वरुप कञ्चन जेसिजले उपलब्ध गराएको राहत मुसहर परिवारलाई हस्तान्तरण गदै कञ्चन गाउपालिकाका कार्यपालिका सदस्य रेणु कुवँरले बिपदमा परेका बिपन्न मुसहर परिवारहरुको मुहारमा थोरै भएपनि खुशी ल्याउने प्रयासको सह्रना गर्नु भयो । हुनेले त आफन्त र छिमेकीहरुसं आफ्नो खुशी साटेर मनाइरहेका हुन्छन तर हुदा खाने मुसहर जस्ता अति बिपन्न परिवारहरुको घर आगनमा बिजया दशमी जस्तो महान पर्व आउने भएपनि बिहान सांझ खानको लागि चुल्होमा आगो समेत नबल्ने कठिन समयमा कञ्चन जेसिजले दशै खर्च स्वरुप राहत प्रदान गर्नु अति नै राम्रो काम भएको उल्लेख गर्दै कार्यपालिका सदस्य कुवँरले कोरोना भाइरस जस्तो महामारीको बिषम परिस्थितीमा पनि कञ्चन जेसिजले आफ्नो मानविय सेवा भावको कार्यलाई निरन्तरता दिनु भनेको सेवा गर्ने हातहरुलाई कुनै पनि परिस्थितीले रोक्न नसक्ने रहेछ भन्ने राम्रो उदाहरण भएको बताउनु भयो।
यस्तै कञ्चन जेसिजका संस्थापक अध्यक्ष चुडामणी पौडेलले कञ्चन जेसिज हरपल हरक्षण सामाजिक सेवाभावले हरेकको मनमा पस्न सक्ने संस्थाको रुपमा बिकास गर्नु अत्यावस्यक भएको र हरेक ब्यक्तिहरुको मन भित्र सेवा भावको मानसिकतालाई फराकिलो बनाउदै जानु भनेको बिपदको समयमा बिपन्न परिवारहरुको दुखलाई आफ्नै सरह बनाएर दुखमा मलम पत्ती लगाउने जस्ता कार्यहरु नै भएको उल्लेख गर्नु भयो । कञ्चन जेसिज बर्ष २०२० ले बिश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसका बाबजुद पनि आफ्नो सुरक्षा ब्यबस्थापन र भौतिक दुरी कायम गर्दै निरन्तर मानविय सेवामा लाग्नु उत्साहप्रद कार्य र सह्रानयि भएको संस्थापक अध्यक्ष पौडेलले बताउनु भयो । हिजो जेसिज १८ बर्ष देखि ४० उमेर समूहका युवाहरुको ब्यक्तित्व बिकास,नेतृतव बिकास र उनिहरुमा उधमशिलताको बिकास गर्दै युवाहरुमा असल र सभ्य नेतृत्वको बिकास गर्ने युवाहरुको साझा बिश्व बिधालय भएकोमा यो बिषम परिस्थितीले समय र स्थान अनुसार गरिने फरक कार्यले जेसिजको कार्यक्षेत्र र “मानवताको सेवा नै जीवनको सर्वत्तम कार्यको हो” भन्ने नारालाई सार्थकता प्रदान गर्न सकेको संस्थापक अध्यक्ष पौडेलले उल्लेख गर्नु भयो ।
अति बिपन्न मुसहर परिवारको लागि दशै खर्च स्वरुप राहत उपलब्ध गराउनको लागि नेपाली कांग्रेसका स्थानिय नेता तथा नेपाली कांग्रेस महाधिबेसन प्रतिनीधि चन्द्र गुरुङले आर्थिक तथा भौतिक सहयोग गर्नु भएको कञ्चन जेसिज बर्ष २०२० का महासचिव चित्र तुलाचनले जानकारी दिनु भएको छ। कञ्चन जेसिज बर्ष २०२० का महासचिव चित्र तुलाचनको संचालनमा कार्यक्रम समपन्न भएको थियो ।
प्रकाशित मिति : शनिबार, कार्तिक ८ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्