तूलसिपूर।
दाङको तुलसीपुर उपमहानगरपालिका११ नवलपुर निवासी ४५ वर्षीय कुमार विकको अज्ञात समूहले एउटा खुट्टा छिनालिदिएका छन् ।
गयराति तुलसीपुर–१२ गोलौरीमा अज्ञात व्यक्तिहरुको आक्रमणबाट विक बायाँ खुट्टा छिनिएको अवस्थामा फेला परेका हुन् ।
सोमबार राति १० बजेतिर खुट्टा छिनिएको र दुवै हातमा गम्भीर चोट लागेको अवस्थामा फेला परेपछि उनलाई सोमबार राति नै राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचारपछि थप उपचारका लागि कोहलपुर रिफर गरिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहले जानकारी दिए । प्रनाउ सिंहका अनुसार उनको अत्यधिक रक्तस्राब भएकाले कोहलपुरबाट पनि काठमाडौँ लैजाने तयारी भएको छ ।
उनी गोलौरीमा भान्जाको विहे खान गएको र त्यहाँबाट घर फर्किने क्रममा पढ्ढा र गोलौरी बीचको एकान्तस्थलमा अपरिचित समूहले सांघातिक आक्रमण गरेको हुन सक्ने प्रहरीको भनाइ छ । आक्रमण गर्ने व्यक्तिको पहिचान हुन नसकेको र घटना बारे अनुसन्धान भैरहेको प्रनाउ सिंहले बताए ।
प्रकाशित मिति : मंगलबार, कार्तिक ११ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्