काठमाडौं – सरकारले अब हप्ताको दुई दिनमात्रै कोरोनाभाइरसको संक्रमणबारे प्रेस ब्रिफिङ गर्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अब सातामा दुई दिन (आइतबार र बुधबार) मात्र प्रेस ब्रिफिङ गर्ने भएको हो ।
मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले अब आइतबार र बुधबार दिउँसो सवा ४ बजे कोरोनाबारे ब्रिफिङ गरिने जानकारी दिए । उनका अनुसार अरू बार वेवसाइट र अरू विभिन्न माध्यमबाट संक्रमणको अवस्थाबारे जानकारी दिइनेछ ।
सरकारले गत चैत ११ गते लकडाउन गरेदेखि दैनिक सवा ४ बजेतिर कोरोना ब्रिफिङ गर्दै आएको थियो ।
प्रकाशित मिति : बुधबार, कार्तिक १२ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्