नेपालमा बिहीबार थप २३ सय ६४ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा विभिन्न प्रयोगशालामा गरिएको ९ हजार ७६९ जनाको परीक्षणमा थप २३ सय ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
यससँगै कोरोना संक्रमितको संख्या एक लाख ७१८ पुगेको छ, जसमध्ये सक्रिय संक्रमितको संख्या ३८ हजार ९५२ रहेको छ ।
नेपालमा बिहीबार थप ३ हजार ३८ जना कोरोना भाइरस (कोभिड–१९) संक्रमणमुक्त भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा थप ३ हजार ३८ संक्रमित निको भएको जानकारी दिएको छ ।
यससँगै कोरोनाबाट मुक्त हुनेको संख्या एक लाख २४ हजार ८६२ पुगेको छ ।
प्रकाशित मिति : बिहिबार, कार्तिक १३ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्