बुटवल।
बुधबार र बिहीबार दुई दिनमा रूपन्देही जिल्लामा १ सय ५ जनामा काेराेना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य कार्यालय रूपन्देहीद्वारा बिहीबार जारी गरेको तथ्यांक अनुसार जिल्लामा बुधबार र बिहीबार दुई दिनमा ६५ पुरूष र ४० महिला गरि १ सय ५ जनामा काेराेना भाइरस संक्रमण पुष्टि भएको जनाइएको छ ।
यससँगै रूपन्देही जिल्लामा काेराेना भाइरस संक्रमितको संख्या ६ हजार २३ पुगेको छ ।
रूपन्देही जिल्लामा बुधबार २९ जना र बिहीबार ७६ जनामा काेराेना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय रूपन्देहीले जनाएको छ ।
स्वास्थ्य कार्यालय रूपन्देहीका अनुसार बुधबार र बिहीबार दुई दिनमा रूपन्देहीको तिलाेत्तमा नगरपालिकाका ४१ जना,बुटवल उपमहानगरपालिकाका ३६ जना,सिद्वार्थनगर नगरपालिकाका १४ जना,देवदह नगरपालिकाका ७ जना,सैनामैना नगरपालिकाका ३ जना तथा कञ्चन गाउपालिका,मायादेवी गाउपालिका,सुद्वाेधन गाउपालिका र ओमसतिया गाउपालिकाका १/१ जनामा काेराेना भाइरस संक्रमण पुष्टि भएको छ ।
जिल्लामा हालसम्म ३ हजार ८ सय ९७ जना काेराेना संक्रमित उपचार पछि निकाे भएर घर फर्किएका छन् भने ७१ जनाको मृत्यु भएको छ ।
हाल रूपन्देही जिल्लामा २ हजार ५५ जना काेराेना संक्रमित उपचाररत रहेको स्वास्थ्य कार्यालय रूपन्देहीले जनाएको छ ।
प्रकाशित मिति : बिहिबार, कार्तिक १३ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्