लायन्स बुटवल मुक्तिनाथ द्वारा आर्थिक सहयोग

लायन्स बुटवल मुक्तिनाथ द्वारा आर्थिक सहयोग

बुटवल। लायन्स क्लब अफ बुटवल मुक्तिनाथले बिपन्न परिवारका लागि आर्थिक सहयोग गरेको छ । बिभिन्न सामाजिक कार्यमा क्रियासिल लायन्स क्लब अफ बुटवल मुक्तिनाथले अर्घाखाँची जिल्लाको छात्रदेब९६ ठूलापोखराको एक बिपन्न परिवारका लागि नगद सहयोग गरेको हो ।

छत्रदेब गाउपालिका ६ निवासी यमबहादुर थापाको केहि समय अघि उपचार नपाएर निधन भएपछी परिबार बिचल्लीमा परेको थियो । आफुले कमाएर परिवारका सबैको गर्जो टार्ने यमबहादुरको आर्थिक अभाबले उपचार नपाएर मृत्यु भएको थियो । वडा अध्यक्ष कमल पौडेलको रोहबरमा मृतक थापाकी पत्नी धुमकला थापालाई क्लबको तर्फवाट रु २५००० को चेक हस्तान्तरण गरिएको हो । क्लबका प्रथम उपाध्यक्ष कृष्णप्रसाद पाण्डेको अध्यक्षता,पुर्व अध्यक्ष तथा डिस्ट्रिक चिफ लक्ष्मण रेग्मी,पुर्व अध्यक्ष रिखिराम भट्टराई,भोजराज पाण्डे,बिष्णु भुषाल,राधाकृष्ण पन्थी,उमलाल घिमिरे, लगायतको उपस्थितिमा सम्पन्न कार्यक्रमको संचालन क्लबका पीआरओ विश्वमणि भुषालले गरेका थिए ।

प्रकाशित मिति : शुक्रबार, कार्तिक १४ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij