गुल्मीको कृष्ण गण्डकी गाउपालिकामा जन्मेर रुपन्देहीको कञ्चन गाउपालिका,रुद्रपुर हुर्किएका नव प्रतिभा कलाकार दिपक थापा माईथाने मगरले ‘ए साईली’ कौराहा गीतको कभर भिडियो प्रतियोगिता २०७७ संचालन गर्ने भएका छन ।सानै देखि स्थानीय स्तरमा नृत्य गरेर ख्याती कमाउनुको साथै नेपाल टेलिभिजनको खोजी प्रतिभा सिजन २ मा उत्कृष्ट नृत्य गर्दै दोस्रो चरणमा प्रवेश गर्दै गर्दा अचानक विदेश ९युके० यात्रा संगै उहाँको कलाकारिताको यात्रा बिचैमा रोकिएको थापाले बिदेशमा रहेर पनि कला क्षेत्रमा पुन फर्केर बिगत १ दशक देखि आफ्नो नेपाली मौलिक संस्कार, कला, संस्कृतिलाई जगेर्ना गर्न उद्धत भएका छन ।यसैको शिलशिलामा दिपक थापा माईथाने मगरले आफ्नै प्रस्तुतीमा ‘ए साईली’ बजारमा ल्याएर सोही गितको कभर भिडियो गितको प्रतियोगिता गर्न लागेका हुन ।
स्थानिय श्री हिमालय सामुदायिक बिकास केन्द्र ९साबिकको हिमालय युवा क्लव०,कञ्चन ४, दियो बजारमा सक्रिय दिपक थापा माइथानेले नि.मा.बी. स्तरिय नृत्य प्रतियोगितामा हिमालय नि.मा.बी. बाट रुपन्देही जिल्लामा प्रथम स्थान हासिल गर्न सफल हुनुको साथै सबिकको रुद्रपुर गा।बि।स। स्तरिय नृत्य प्रतियोतिामा प्रथम स्थान हासिल गर्न सफल भएका थिए ।
मोडलिङ र अभिनयमा रुचि राख्ने माइथानेले लोक दोहोरीका महागायक राजु परियार र गायिका बिमा कुमारी दुराको स्वरमा रहेको लोक दोहोरी ूपिरतीमा पहिरो गयो” बोलको गितमा पहिलो क्यामेरा फेस संगै मुख्य मोडलको भुमिकामा र “कहाँ भेटिएला” चलचित्रमा समेत अभिनय गरिसकेका छन । बिदेशमा रहेर पनि आफ्नो गाउँ र युबा क्लबलाई सक्दो सहयोग गर्दै आएका दिपकले राजधानी कला केन्द्रमा नृत्य, अभिनय र मोडलिङ सम्बन्धी तालिम लिएकै समयमा कोरियोग्राफर उमेश गुरुङले उनलाई लोक दोहोरी गितमा अभिनय गर्ने मौका दिएका थिए ।
कौडा अर्थात कौराहा गीत नेपाली पहाडी क्षेत्रमा चर्चित लोक संगीतमा आधारित एबम् तनहुँको रिसिङ्ग रानीपोखरीका मगर समुदायबाट उत्पति भएको ईतिहास छ भने यो मगर भाषाकै कानुक ुहामीु, राहा ुआयौु बाट अपभ्रंश भइ कौराहा हुदै कौडा भनिएको ईतिहासकारहरु बताउदै आएका छन । परम्परागत रुपमा मगर समुदायबाट उत्पति भएको भएपनि गुरुङ, दराई र दुरा समुदायमा यो गीतमा नाच्ने प्रचलन रहेको छ । यद्यपि यसको विशिष्ट पोशाक, वाद्य वाद्ययन्त्र र स्थानीय संगीतसँग सम्बन्धित भए पनि ब्यबसायिक सफलता र आर्थिक उपार्जनका लागि कौडा गितलाई तोडमोड गरेर भिडियोमा पश्चिमेली पोशाकमा अभिनयकर्ताहरुलाई प्रस्तुत गरिदा कौडा गित संगितमा बिसंगती भित्रिएको प्रति यस गितका सर्जक,अध्येता तथा कलाकारहरुले चिन्ता व्यक्त गर्न थालिरहेका छन भने परिबर्तनको नाममा कला संस्कृति माथीको ब्यबसायिक प्रहारले कौडा गितको आफ्नो मौलिकपन हराएर गुमनाम हुनसक्ने कुरालाई मध्यनजर गर्दै कौडा गितको अस्तित्व जोगाउन दिपक थापा माइथानेले बिदेशी भुमि युकेबाटै ‘ए साईली’को कभर भिडियो प्रतियोगिता संचालन गर्न लागेका हुन ।
बिशेष गरेर केन्द्रिय मगर संघ युकेका सह(सचिव, केन्द्रिय मगर संघ युके युबाका महा(सचिब, मगर संघ युके वेम्ब्ली शाखा मिफ्रुङ युबाका सचिब, चलचित्र कलाकार संघ युके शाखाका सदस्य, सयपत्री कल्चर ग्रुप युकेका आजिवन सदस्य, गुल्मी समाज युकेका सह(सांस्कृतिक सचिव, लगायत दर्जनौ संघ संस्थामा आबद्द दिपक थापा माइथानेले उक्त प्रतियोगितामा सहभागिता जनाउदा मौलिक पोसाक र अभिनयलाई प्राथमिकता दिनु पर्ने बताएका छन ।
दर्जन बढी नेपाली श्रब्य दृश्य मा अभिनय गरिसकेका दिपक थापा माईथाने मगरले आकर्षक धनराशी सहित कौराहा गीत “ए साईली”को अन्तराष्ट्रिय कभर भिडियो प्रतियोगिता संचालन गर्न लागेका हुन । जसले कौडा गीतको महत्व र अस्तित्व युवापुस्ता माझ जीवित राख्दै, पुस्तान्तरण हुने प्रक्रियामा ईट्टा थप्नेमा कलाकार दिपक थापा माइथानेले बिश्वास गरेका छन । प्रतियोगितामा सहभागिताका लागि बिभिन्न संचार माध्यमहरु मार्फत आह्वान गरिएको छ भने स्थानिय संचार गृह रेडियो कञ्चन ९५।८ मेगाहर्ज मार्फत पनि सूचना सम्प्रेषण भइरहेको छ ।
‘ए साईली’ कौराहा गीतको शब्द, लय तथा संगित नेपाल मगर सांस्कृतिक संघ केन्द्रिय महासचिब बिलन थापा मगरको रहेको छ भने युके लगायत बिभिन्न मुलुकमा पुगेर आफ्नो कला गरिसकेका नेपाल मगर सांस्कृतिक संघ केन्द्रिय सदस्य पवन राना मगर र नेपाल मगर सांस्कृतिक संघ केन्द्रिय सदस्य तारा श्रीष मगरको स्वर रहेको छ। यस प्रतियोगिता संगै गित संगित र कला प्रति मोह बोकेका कलालकार दिपक थापा माइथाने मगरको पहिचान अझ उचाइमा पुग्ने बिश्वास गरिएको छ ।\
प्रकाशित मिति : शुक्रबार, कार्तिक १४ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्