बुटवल।
नेपाली कांग्रेसका प्रभावसाली नेता सार्वजनिक लेखा समिति सभापति भरत कुमार शाह बाट पार्टीका जेष्ठ राजनितिज्ञ सभाका सदस्य एवम् रुपन्देहीका पुर्व जिल्ला विकास समिति सभापति तथा समाजसेवी विजय धितालको निधन प्रति दुख व्यक्त गरेका छन् ।
सभापति शाह ले शनिवार समवेदना प्रकट गर्दै धितालको निधनले आफू अत्यन्त मर्माहत भएको बताएका हुन् ।धितालको शुक्रवार काठमाडौंमा उपचारको क्रममा निधन भएको थियो ।
‘स्वर्गीय धितालले नेपालको लोकतान्त्रिक आन्दोलन, पार्टी संगठन र समाजसेवमा पुर्याउनु भएको सक्रिय योगदानको स्मरण गर्दै उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु ’,शाहले भनेका छन्, ‘उहाँको निधनबाट पार्टीले एक कुशल संगठनकर्तालाई गुमाएको र अपूरणीय क्षति पुगेको छ । उहाँको आत्माको चीर शान्तिको कामना गर्दै सबै शोक सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्दछु ।’
नेपाली कांग्रेस पार्टीप्रति इमान्दार र निष्ठापूर्वक पार्टी संगठन, सरल र मिलनसार व्यक्तित्व रहेको भन्दै सभापति शाह ले धितालको निधनले कांग्रेसलाई अपुरणीय क्षति भएको जनाएका छन्
प्रकाशित मिति : शनिबार, कार्तिक १५ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्