काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा थप २५०८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभरका विभिन्न प्रयोगशालामा ९ हजार २७९ नमुना परीक्षण गर्दा २५०८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
९७६ महिला र १५३२ पुरुषमा थपिएसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या १ लाख ७० हजार ७४३ पुगेको छ । पछिल्लो २४ घण्टामा थप १७ जनाको कोरोनामा कारणले मृत्यु भएको स्वास्थ्य मन्त्रालयले आफ्नो वेबसाइटमा उल्लेख गरेको छ । योसहित नेपालमा अहिलेसम्म ९३७ सङ्क्रमितको मृत्यु भएको छ ।
त्यस्तै, पछिल्लो २४ घण्टामा २ हजार २ सय ६४ जना निको भइ घर फर्केका छन् । निको हुनेको संख्या एक लाख ३१ हजार २ सय २२ पुगेको मन्त्रालयले जनाएको छ ।
प्रकाशित मिति : शनिबार, कार्तिक १५ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्