बुटवल।
रुपन्देहीमा आइतबार ९६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा जिल्लाका ७० पुरुष र २६ महिला सहित ९६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ ।
स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार आइतबार रुपन्देहीको बुटवल उपमहानगरपालिकाका ३४ जना,सिद्धार्थनगर नगरपालिकाका २१ जना,तिलोत्तमा नगरपालिकाका १४ जना,देवदह नगरपालिकाका १० जना,सुद्धोधन गाउपालिकाका ७ जना,सैनामैना नगरपालिकाका ४ जना,मायादेवी गाउपालिकाका ३ जना तथा सियारी गाउपालिका,ओमसतिया गाउपालिका र मर्चवारी गाउपालिकाका १÷१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
यससँगै रुपन्देही जिल्लामा कोरोना भाइरस संक्रमितको संख्या ६ हजार २ सय ७० पुगेको छ ।
जिल्लामा हालसम्म ४ हजार ४ सय ७४ जना कोरोना संक्रमित उपचारपछि निको भएर घर फर्कीएका छन् भने ७४ जनाको मृत्यु भएको स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ ।
हाल रुपन्देहीमा १ हजार ७ सय २२ जना कोरोना संक्रमित उपचाररत रहेका छन् ।
आइतबार मात्रै रुपन्देही जिल्लाका २ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
मृत्यु हुनेमा मृत्यु हुनेमा बुटवल उपमहानगरपालिका–१७ का ५२ वर्षीय पुरुष र तिलोत्तमा नगरपालिका–१ का ९५ वर्षीय पुरुष रहेका छन् ।
प्रकाशित मिति : आइतबार, कार्तिक १६ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्