बुटवल-नेपाल अपांङ्ग महिला संघ केन्द्रिय कार्यालय अन्तर्गत, हिंसाको बिरुद्द समाबेसी साझेदारी परियोजना को आयोजनामा अपाङ्गता भएका महिलाहलाई सहयोग प्रदान गरिएको छ । बुटवलमा एक कार्यक्रमको आयोजना गरी युएन ट्रष्ट फन्डको आर्थिक सहयोगमा २७ जना आर्थिक विपन्नता भएका अपाङ्गता भएका महिलाहरुको लागि खाद्यान्न, स्वाथ्य सामग्री लगागयतका सामग्री प्रदान गरिएको नेपाल अपाङ्ग महिला संघकी सदस्य कल्पना ढकालले जानकारी दिईन ।
बुटवलको सुस्थ मनस्थिति बालबिद्या मन्दिरको मैदानमा बुटवल ७ नम्बर वडाका कार्यवहाक अध्यक्ष नबिन थापा र राष्ट्रिय अपाङ्ग महासंघका केन्द्रीय सदस्य मिना भूसालको सहभागीतामा उक्त सहयोग प्रदान गरिएको थियो ।
बुटवलको सुस्थ मनस्थिति बालबिद्या मन्दिरको मैदान बाट सुरु गरेको सामग्री बितरण कार्यक्रम कोभिड १९ का कारण भेला भएर संचालन गर्न नसकिने अपाङ्गता भएका व्यक्ति झनै जोखिममा हुने टोल,घर सम्म पु¥याइएको थियो ।
प्रकाशित मिति : सोमबार, कार्तिक १७ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्