बाँके-बाँकेमा कोरोना महामारी संक्रमणका कारण मृत्यु हुनेको संख्या ३३ पुगेको छ । पछिल्लोपटक कोराना भाइरस संक्रमणबाट गएराति नेपालगञ्ज उपमहानगरपालिका-१६ निवासी ७० वर्षीय महिलाको उपचारको क्रममा मृत्यु भएको छ ।
नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचाररत महिलाको गएराति मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना स्रोत व्यक्ति नरेश श्रेष्ठले जानकारी दिए । उनका अनुसार श्वासप्रश्वासमा समस्या देखिएपछि कात्तिक १२ गते अस्पताल भर्ना भएकी ती महिलामा कार्तिक १३ गते कोरोना संक्रमण पुष्टि भएको थियो । कोरोना पुष्टि भएलगत्तै भेरी अस्पतालको कोरोना वार्डमा भर्ना गरी उपचारकै क्रममा मृत्यु भएको हो ।
बाँकेमा कोरोना संक्रमितको संख्या तीन हजार १६८ रहेकामा दुई हजार ८८६ जना निको भएर घर फर्किसकेका छन् । बाँकेमा अहिले सक्रिय संक्रमितको संख्या २५३ पुगेको स्रोत व्यक्ति श्रेष्ठले जानकारी दिए । रासस
प्रकाशित मिति : सोमबार, कार्तिक १७ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्