काठमाडौं – नेपाली कांग्रेसका सांसद तथा आमन्त्रित केन्द्रीय सदस्य सूर्यबहादुर केसीको निधन भएको छ । कांग्रेसबाट समानुपातिक सांसद रहेका केसीको गएराती १० बजे पोखरास्थित आफ्नै निवासमा निधन भएको हो ।
उनी लामो समययता मधुमेह र रक्तचापको समस्या झेलिरहेका थिए । राप्रपाका पूर्वकोषाध्यक्षसमेत रहेका उनी तीन वर्षअघि प्रतिनिसभा चुनावताका नेपाली कांग्रेसमा प्रवेश गरेका थिए । केसी पोखरा उपमहानगरपालिकाको तत्कालीन प्रधानपञ्चसमेत हुन् ।
उनी पहिलो संविधानसभामा राप्रपाबाट सांसद बनेका थिए । रारा चाउचाउ, हाइड्रोलगायत विभिन्न व्यवसायमा उनी सफल थिए । केसी माछापुच्छ्रे बैंकका संस्थापक अध्यक्ष थिए । उनको आजै अन्त्येष्टि गर्ने तयारी छ ।
प्रकाशित मिति : मंगलबार, कार्तिक १८ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्