JanataToday.com

Advertisment

SKIP THIS

नेप्से झण्डै साढे ५ अङ्कले बढ्यो, २ अर्ब २३ करोड रुपैयाँको कारोबार

नेप्से झण्डै साढे ५ अङ्कले बढ्यो, २ अर्ब २३ करोड रुपैयाँको कारोबार

काठमाण्डौ – पछिल्ला केही दिन घट्दै आएको शेयर बजार परिसूचक नेप्से मङ्गलबार भने बढेको छ । नेप्से मङ्गलबार ५ दशमलव ४० अङ्कले बढेर १६ सय ४३ दशमलव शून्य ४ विन्दुमा पुगेको छ ।

मङ्गलबार बैंक र विकास बैंक बाहेक सबैजसो समूहको शेयर बढेको छ । निर्जीवन बीमा समूहको शेयर १ सय ७६, व्यापारको ५५ र अन्य समूहको शेयर १४ अङ्कले बढेको छ ।

मङ्गलबार १ सय ९८ कम्पनीका ७७ लाख ५७ हजार कित्ता शेयर २ अर्ब २३ करोड ७९ लाख रुपैयाँमा किनबेच भएका छन् । सबैभन्दा धेरै नेपाल टेलिकमको शेयर १० करोड ३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । विशाल बजार कम्पनी, समिट लघुवित्त वित्तीय संस्था, पाँचथर पावर कम्पनी र शिवश्री हाइड्रोका लगानीकर्ताले ९ प्रतिशतभन्दा धेरै कमाएका छन् ।

समग्र बजार बढे पनि महालक्ष्मी बैंक र दिव्येश्वरी जलविद्युतका लगानीकर्ताले साढे २ प्रतिशतभन्दा धेरैका दरले गुमाएका छन् ।

प्रकाशित मिति : मंगलबार, कार्तिक १८ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij