रहेनन् पूर्वसांसद वीरबहादुर लामा

रहेनन् पूर्वसांसद वीरबहादुर लामा

काठमाडौं – पूर्वसांसद तथा तत्कालीन नेकपा एमालेका केन्द्रीय सदस्य वीरबहादुर लामाको निधन भएको छ । ७० वर्षिय लामाको आज बिहान ४ बजे पाटन अस्पतालमा निधन भएको हो ।

छोरी श्रमिक लामाले दिएको जानकारी अनुसार दुवै मिर्गौलाले काम गर्न छाडेपछि लामा पछिल्लो २ वर्षदेखि नियमित डायलाइसिस गराइरहेका थिए। निमोनिया भएपछि गत सोमबार लामालाई पाटन अस्पतालको आईसीयूमा भर्ना गरिएको थियो भने बिहीबारदेखि भेन्टिलेटरमा राखिएको थियो ।

२०४९ सालमा मकवानपुर जिल्ला विकास समितिका सभापति बनेका लामा २०५६ सालमा मकवानपुर ३ बाट प्रतिनिधिसभा सदस्यमा जितेका थिए । २०६२र०६३ सालको जनआन्दोलनपछि पुनर्स्थापित संसदको सदस्य रहेका लामा २०६४ सालको पहिलो संविधानसभाको चुनावमा भने पराजित भएका थिए ।

२०३३ सालमा नख्खु जेलबाट सुरुङ खनेर भाग्ने १५ जना राजबन्दीमध्ये लामा एक थिए । मकवानपुर फाखेलका स्थानीय बासिन्दा लामाले तत्कालीन नेकपा माले निर्माणमा महत्वपूर्ण भूमिका खेलेका थिए ।

प्रकाशित मिति : आइतबार, कार्तिक २३ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij