बुटवलमा लियो क्लव अफ मणिग्रामद्धारा रक्तदान

बुटवलमा लियो क्लव अफ मणिग्रामद्धारा रक्तदान

बुटवल – कोरोना महामारीसंगै रगतको अभाव समेत देखिन थालेको भन्दै लियो क्लव अफ मणिग्रामले आईतबार रक्तदान कार्यक्रम गरेको छ । रक्तसंचार केन्द्र बुटवलमा आयोजना गरिएको रक्तदान कार्यक्रममा ८५ प्वाईट रगत संकलन भएको छ । संस्थाका अध्यक्ष प्रजेश घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि लायन्स डिस्ट्रिक काउन्सीलका सरोज कंडेलले क्लवले निकै राम्रो रचनात्मक काम गरेको बताए । उनले संकटका वेला रगतको अभाव हुन नहुन सबै भन्दा ठुलो कर्म भएको पनि बताए । कार्यक्रममा स्वयंसेवी रक्तदाता समाजका अध्यक्ष कृष्ण चौहानले बुटवलमा रगतको अभाव हुन नदिनका लागि सबै संघ संस्था र क्लवहरुको निकै ठुलो भुमिका रहेको बताए । कार्यक्रममा संयोजक अप्पार शर्मा रिजालले हरेक व्यक्तिले रगतको अभावमा ज्यान गुमाउन नपर्ने अवस्था श्रृजना गर्नका लागि सबैले सहकार्य गर्नु पर्ने बताए । नेपाली कफि कम्पनी र पाठक सिमेन्टको सहयोगमा भएको कार्यक्रममा क्लवका सदस्यहरु तथा अन्य रक्तदाताहरुले रगत दान गरेका थिए । दाताहरुलाई प्रमाण पत्र समेत वितरण गरिएको क्लवले जनाएको छ ।

प्रकाशित मिति : आइतबार, कार्तिक २३ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij