JanataToday.com

Advertisment

SKIP THIS

सियारी गाउँपालिकाद्धारा अतिविपन्न परिवारलाई ११ घर निर्माण गरि हस्तन्तरण

सियारी गाउँपालिकाद्धारा अतिविपन्न परिवारलाई ११ घर निर्माण गरि हस्तन्तरण

 

सियारी – रुपन्देहीको सियारी गाउँपालिकाले अतिविपन्न परिवार भएकालाई घर निर्माण गरि हस्तान्तरण गरेको छ । सियारी अवास निर्माण कार्यक्रम अन्तरगत ११ वटा भवन निर्माण गरि गाउँपालिकाका विपन्न ११ वटा परिवारलाई आईतबार घर हस्तान्तरण गरिएको हो । घरवास नभएकालाई गाउँपालिकाले सो घर निर्माण गरि हस्तान्त्रण गरेको छ । गाउँपालिकाको ४४ लाख बजेटमा ११ वटा घर निर्माण सम्पन्न गरि आईतबार हस्तन्त्रण गरिएको गाउँपालिका अध्यक्ष अयोध्या थारुले बताउनु भयो । वडा नं। १ मा २, ४ मा २, ५ मा २, ६ मा २ र ७ मा ३ वटा घर निर्माण गरि हस्तान्त्रण गरिएको उहाँले बताउनु भयो । ̔गाउँपालिकामा कोही पनि बेघर बस्न पर्दैना’ – उहाँले भन्नु भयो । गरीब विपन्न समुदायलाई प्राथमिकतामा राखेर गाउँपालिकाले काम गरिरहेको गाउँपालिका उपाध्यक्ष अमृता गुरूङले बताउनुभयो । सियारी आवस निमार्ण कार्य अगामी दिनमा पनि जारी राखिने गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत मीन प्रसाद भट्टराईले बताउनु भयो । निर्माण भएको घर २ कोठा, एक भान्सा कोठा, बरन्डा र शौचालयसहितको टिनको छानो भएको भूकम्प प्रतिरोधात्मक भएको योजना शाखा प्रमुख रोमलाल पुरीले बताउनु भयो ।

प्रकाशित मिति : सोमबार, कार्तिक २४ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij