अब कोरोना परीक्षण र उपचार निःशुल्क

अब कोरोना परीक्षण र उपचार निःशुल्क

'चौतर्फी दबाब परेपछि सरकार परीक्षण र उपचारमा शुल्क नलिने निर्णयमा पुगेको हो'

काठमाडौं -अब कोरोनाको परीक्षण र उपचार निःशुल्क हुने भएको छ । चौतर्फी आलोचना र दबाबपछि सरकारले कोभिड-१९ संक्रमितको परीक्षण र उपचार निःशुल्क गर्ने निर्णय गरेको हो ।

मन्त्रिपरिषद्ले सोमबार उक्त निर्णय गर्दै यससम्बन्धी तयारी गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई निर्देशनसमेत दिएको छ । यसअघि सरकारले निश्चित वर्गको मात्र परीक्षण तथा उपचार निःशुल्क गर्ने र अरुले आफ्नै खर्चमा परीक्षण र उपचार गर्नुपर्ने निर्णय गरेको थियो । तर सोमबार बसेको मन्त्रिपरिषद बैठकले सो निर्णयलाई सच्याएको हो ।

परीक्षण र उपचार निःशुल्क गर्नेसम्बन्धी विस्तृत खाका तयार पारी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सर्वसाधारणलाई जानकारी गराउने एक मन्त्रीले बताए । सर्वोच्च अदालतले गत असोज १५ गते कोरोना संक्रमणको परीक्षण र उपचार निःशुल्क गर्न आदेश दिएको थियो । अदालतले केही दिनअघि सरकारले दिएको निवेदन समेत खारेज गरेको थियो । संसद्को शिक्षा तथा स्वास्थ्य समितिले पनि संक्रमितको परीक्षण तथा उपचार निःशुल्क गर्न सरकारलाई निर्देशन दिएको थियो ।

निःशुल्क कोरोना परीक्षण र उपचार सेवा भने सरकारी प्रयोगशाला र स्वास्थ्य संस्थामा मात्र हुनेछ । यस्तै मन्त्रिपरिषद् बैठकले कोभिड-१९ भ्याक्सिन समयमै आपूर्ति गर्न अर्थ, स्वास्थ्य र परराष्ट्र सचिव सम्मिलित तीन सदस्यीय समितिसमेत गठन गरेको छ । यो समितिले कहाँ-कहाँ भ्याक्सिन बनिरहेको छ, कहिले र कुन प्रक्रियाबाट ल्याउने भन्नेबारेमा अध्ययन तथा तयारी गर्नेछ ।

प्रकाशित मिति : मंगलबार, कार्तिक २५ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij