लुम्बिनी प्रदेशमा बुधबार थप १ सय ६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

लुम्बिनी प्रदेशमा बुधबार थप १ सय ६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

बुटवल ।
लुम्बिनी प्रदेशमा बुधबार थप १ सय ६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा प्रदेशमा ४६ महिला र ५९ पुरुष गरी १ सय ६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको प्रदेश सामाजिक विकास मन्त्रालयका सूचना अधिकारी डा.पुष्पराज पौडेलले जानकारी दिए ।

यससँगै लुम्बिनी प्रदेशमा कोरोना संक्रमितको संख्या २१ हजार १७ पुगेको छ ।

लुम्बिनी प्रदेश अन्तर्गत बुधबार सबैभन्दा धेरै रुपन्देही जिल्लाका ५५ जना,पाल्पाका २७ जना,बाँकेका १७ जना,बर्दीयाका ४ जना तथा कपिलवस्तु र प्यूठान जिल्लाका १÷१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा प्रदेशका २ सय १६ जना कोरोना संक्रमित उपचारपछि निको भएर घर फर्कीएका छन् भने १० जनाको मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रदेशमा हालसम्म १७ हजार ५ सय ४१ जना कोरोना संक्रमित उपचारपछि निको भएर घर फर्कीएका छन् भने २ सय १६ जनाको मृत्यु भएको छ ।

हाल प्रदेशभर १ हजार ३२ जना सक्रिय संक्रमित रहेका छन् ।

प्रकाशित मिति : बुधबार, कार्तिक २६ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij