सियारीमा वडा कार्यलय र सामुदायिक स्वास्थ्य ईकाई भवनको उद्घाटन

सियारीमा वडा कार्यलय र सामुदायिक स्वास्थ्य ईकाई भवनको उद्घाटन

 

रुपन्देही। रुपन्देहीको सियारी गाउँपालिकामा स्तरिय स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले सामुदायिक स्वास्थ्य ईकाई भवनको निर्माण गरि बुधबार उद्घाटन गरिएको छ । सामुदायिक स्वास्थ्य ईकाई हाल भाडाको घरमा संचालन भैरहेको छ । सामुदायिक स्वास्थ्य ईकाई स्वास्थ्य चौकी नयाँ भवनबाट संचालन भए पश्चात पालिकावासीहरुलाई सेवा प्रदान गर्न तथा सेवा लिन सहज हुने गाउँपालिका अध्यक्ष अयोध्या थारुले बताउनु भयो । विभिन्न औषधी तथा उपचार निःशुल्क रहेकोले स्वास्थ्य चौकीमा उपचार गर्न स्थानीयहरुलाई उहाँले अनुरोध समेत गर्नु भयो । उहाँले भन्नु भयो — “गाउँपालिकाले विभिन्न स्वास्थ्य सेवा प्रदान गरेको छ, नजिकको स्वास्थ्य संस्थामा गएर सेवा लिन सक्नुहुन्छ, धेरै सेवा निशुल्क पनि छन् ।” सामुदायिक स्वास्थ्य ईकाई स्वास्थ्य चौकी भवन निर्माणका लागि गाउँपालिकाले ३४ लाख १६ हजार ५४ रुपैयाँमा निर्माण सम्पन्न गरेकोे सियारी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत मिन प्रसाद भट्टराईले बताउनु भयो । यस्तै बुधबार नै वडा नं. ५को वडा कार्यलय भवनको उद्घटन गरिएको छ । वडा नं. ५ मा रहेको स्वास्थ्य चौकी भवन र वडा कार्यलय भवनको गाउँपालिका अध्यक्ष अयोध्या थारुले बुधबार उद्घाटन गर्नु भएको हो । वडा कार्यलय भवन निर्माणका लागि गाउँपालिकाले ५० लाख ८ हजार ५ सय नौं रुपैयाँमा श्री कृष्ण निर्माण सेवा अर्घाखाँचीलाई ठेक्का दिईएको थियो । सियारी वडा नं. ५ को वडा कार्यलय र स्वास्थ्य चौकी दुवै हाल भडामा संचालन भैरहेका थिए । भवन निर्माण पश्चात सेवाग्राहीलाई सेवा लिन सहज हुने वडा नं. ५ का वडा अध्यक्ष थम्मन बहादुर पौडेलले बताउनु भयो । स्थानीयको चाहना अनुसार वडामा विकास गरिने समेत उहाँले प्रतिवद्धता जनाउनु भयो । वडा कार्यलय र सामुदायिक स्वास्थ्य ईकाई स्वास्थ्य चौकी भवन भुकम्प प्रतिरोधी बनाईएको योजना शाखा प्रमुख रोमलाल पुरीले बताउनु भयो । कार्यक्रममा सियारी गाउँपालिका वडा नं. ३ का वडा अध्यक्ष घिसन अहिर, वडा नं. ४ का वडा अध्यक्ष श्री प्रसाद श्रेष्ठ, वडा नं. ६ का वडा अध्यक्ष शेर बहादुर गुरुङ, कार्यपालिका सदस्यहरु देवकी खरेल, विष्णु रायमाझी, वडा नं. ५ का वडा सचिव दिवाकर त्रिपाठी, शिक्षा योजना शाखाका कृष्ण भुषाल, स्थानीय चन्द्रकान्त शर्मा, शुष्मा भण्डारी लगाएतले आफ्नो भनाई राख्नु भएको थियो ।

प्रकाशित मिति : बुधबार, कार्तिक २६ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij