क्रियाशील सदस्यहरुको सूची केन्द्रमा पठाउन कांग्रेसको निर्देशन

क्रियाशील सदस्यहरुको सूची केन्द्रमा पठाउन कांग्रेसको निर्देशन

काठमाडौं

१४औं महाधिवेशनकेन्द्रित क्रियाशील सदस्यतालाई टुंगोमा पुर्‍याउने कसरतमा जुटेको नेपाली कांग्रेसले २५ दिनभित्र नवीकरण तथा नयाँ वितरण भएका क्रियाशील सदस्यहरुको सूची केन्द्रमा पठाउन सम्पूर्ण जिल्लाहरुलाई निर्देशन दिएको छ ।

पार्टी मुख्यसचिव कृष्ण पौडेलले ७७ ओटा जिल्लाका सभापतिहरुलाई यही मंसिर मसान्तभित्र क्रियाशील सदस्यहरुको सूची केन्द्रमा पठाउन पत्राचार गरिएको जानकारी दिनुभयो ।

गएको कात्तिक २८ गते सम्पन्न भएको केन्द्रीय कार्यसमिति बैठकको निर्णयबमोजिम जिल्ला सभापतिहरुलाई निर्देशन दिने काम भएको हो ।

केन्द्रीय सदस्य अर्जुन जोशीकाअनुसार सदस्यहरुको सूची केन्द्रमा आइसकेपश्चात् महाधिवेशन कार्यतालिका हेरफेर गर्ने विषयमा पुनः केन्द्रीय कार्यसमिति बैठक बसेर छलफल गर्ने सहमति संस्थापन र इतर पक्षबीच भएको छ ।

पार्टीले सदस्यता वितरण तथा नवीकरणका कामलाई तीव्रता दिन तल्ला तहका संरचनालाई निर्देशन दिइसकेको मुख्यसचिव पौडेलले जानकारी दिनुभयो ।

कांग्रेसले १४औं महाधिवेशनमा क्रियाशील सदस्यको संख्यामा दोब्बरले वृद्धि गरेर करिब १० लाख पुर्‍याउने तयारी गरेको छ ।

यसअघि निर्धारण गरिएको कार्यतालिकाअनुसार भदौ मसान्तभित्र क्रियाशील सदस्यहरुको सूची केन्द्रमा पठाउने पार्टीको तयारी थियो ।

तर, कोरोना संक्रमण र पार्टीको आन्तरिक कलहका कारण महाधिवेशनकेन्द्रित पार्टीको गतिविधि अझै सुस्त नै रहेको देखिन्छ ।

प्रकाशित मिति : शुक्रबार, मंसिर ५ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij