काठमाडौं ।
नेपाल प्रहरीका ३३ प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) को एकसाथ सरुवा भएको छ । गृह मन्त्रालयले शुक्रबार सरुवा सूची प्रकाशित गरको हो ।
जसअनुसार महानगरीय प्रहरी प्रमुखमा अशोक सिंह आएका छन् ।
महानगरीय प्रहरी प्रमुख श्यामलाल ज्ञवालीलाई प्रहरी प्रधान कार्यालय, अपराध अनुसन्धान विभाग, अपराध नियन्त्रण महाशाखामा सरुवा गरिएको छ भने महानगरीय प्रहरी परिसर, ललितपुरमा किरण बज्राचार्यलाई लगिएको छ ।
ललितपुरमा रहेका टेकप्रसाद राईलाई प्रहरी प्रधान कार्यालय, कार्य विभाग कार्य महाशाखा नक्सालमा सरुवा गरिएको छ । महानगरीय ट्राफिक प्रहरी शाखाको प्रमुखमा एसएसपी जनक भट्टराईलाई लगिएको छ भने
त्यहाँ रहेका एसएसपी भीम ढकाललाई प्रहरी प्रधान कार्यालय, सामुदायिक प्रहरी महाशाखामा लगिएको छ ।
प्रकाशित मिति : शुक्रबार, मंसिर ५ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्