बुटवल
रुपन्देहीको बुटवलमा थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ ।मृत्यु हुनेमा एक जना रुपन्देही र एक जना गुल्मीका रहेका छन् ।
उनिहरुको बुटवल स्थित कोरोना विशेष अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।रुपन्देहीको तिलोत्तमा नगरपालिका–२ का ५९ वर्षीय पुरुष र गुल्मीको रेसुंगा नगरपालिका–१ का ६६ वर्षका पुरुषको उपचारका क्रममा मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलले जनाएको छ ।
कार्तिक २ मा कोरोना संक्रमण पुष्टि भएका तिलोत्तमाका पुरुष र सोही दिन अस्पताल भर्ना भएकोमा उपचारका क्रममा शुक्रबार दिउँसो १२ ४५ बजे मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा .विष्णु गौतमले जानकारी दिनुभयो ।
प्रकाशित मिति : शुक्रबार, मंसिर ५ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्