बुटवल ।
रुपन्देहीको भलवारीमा मोटरसाईकल दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । सिद्धार्थ राजमार्गको बुटवल–भैरहवा सडक खण्ड अन्तर्गत तिलोत्तमा नगरपालिका वडा नं ७ भलावारीमा भएको दुर्घटनामा मोटरसाईकलमा सवार दुई जनाको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार दुर्घटनामा परी तिलोत्तमा नगरपालिका १५ का २७ बर्षिय बिकास चौधरी र २० बर्षिय हरि गुरुङको दुर्घटनामा परि उपचारका लागी लैजादै गर्दा मृत्यु भएको थियो ।
बुटवलबाट भैरहवा तर्फ जाँदै गरेको लु २४ प ७५०६ नंम्वरको मोटरसाईकल भलवारी नजिकै पुग्दा अनियन्त्रित भइ दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । दुर्घटनामा घाईते भएका उनीहरुको उपचारका लागि क्रिमशन अस्पतालमा ल्याउँदै गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी खड्क प्रसाद खत्रीले जानकारी दिए ।
प्रकाशित मिति : सोमबार, मंसिर ८ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्