JanataToday.com

Advertisment

SKIP THIS

३ दिवशिय हाप्किडो सेल्फडिफेन्स, लिडरशिप तथा रेफ्रि सेमिनारको तयारी तिब्र

३ दिवशिय हाप्किडो सेल्फडिफेन्स, लिडरशिप तथा रेफ्रि सेमिनारको तयारी तिब्र

 

बुटवल
नेपाल मार्शल आर्टस हाप्किडो संघ, काठमाडौं र नेपाल मार्शल आर्टस हाप्किडो संघ, लुम्बिनी प्रदेशको सहयोगार्थ एवं नेपाल मार्शल आर्टस हाप्किडो संघ बाँके जिल्लाको आयोजनामा यही मंसिर २० गतेदेखि नेपालगञ्जमा ३ दिने चौथो राष्ट्रिय हाप्किडो इन्स्ट्रक्चर, एजुकेशनल, सेल्फडिफेन्स, लिडरशिप तथा रेफ्रि सेमिनाार हुने भएको छ ।

कोरोना संक्रमणका कारण चैत्र महिनादेखि कुनै पनि प्रकारका खेल प्रतियोगिताहरु आयोजना गर्न सरकारले लगाएको प्रतिबन्धलाई खुल्ला गरेपछि हाप्किडो संघले पहिलो खेल सेमिनारको आयोजना गर्न लागेको छ । बाँके जिल्लाको आयोजना हुने सेमिनारको आवश्यक तयारी भैरहेको संघका केन्द्रीय अध्यक्ष काली बहादुर घर्तीमगरले बताउनु भयो । सेमिनारको तयारीको सिलसीलामा बुटवल आउनु भएका अध्यक्ष घर्तीका अनुसार सेमिनारमा सहभागि हुने खेलाडीहरुको छनौट र कार्यक्रममा प्रदान गरिने प्रशिक्षणका बारेमा अन्तिम टुङ्गो लागेको छ ।

मंसिर २० सेमिनारको उद्घाटन लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री सुदर्शन वरालले गर्ने संघले जनाएको छ ।

प्रतियोगितामा ५४ जिल्लाका करिव २ सय खेलाडीहरुको सहभागिता रहने भएकोा हुदाँ सोही अनुसारको तयारी भैरहेको आयोजक हप्किडो संघ बाके जिल्ला अध्यक्ष बुद्धीराज बर्र्तौलाले बताउनु भयो । प्रतियोगितामाा सहभागि खेलाडीहरुलाई मास्र काली बहादुर घर्तीमगर, प्रमुखख प्रशिक्षक सुमिता गुरुङ, सहायक प्रखुम प्रशिक्षकहरु भुवन बुढामगर, कृष्ण महर्जन र प्रविण गुरुङले प्रशिक्षण दिनु हुने जनाइएको छ । प्रतियोगितामा देशभरबाट ब्ल्याक बेल्टदेखि मााथिका सिनियर खेलाडीहरुको मात्र सहभागिता रहने संघले जनाएको छ ।

प्रतियोगितालाई भव्य र व्यवश्थित रुपमा सम्पन्न गर्न लुम्बिनी प्रदेशका सबै जिल्लाहरुको सक्रिय सहभागिता रहेको संघका प्रदेश अध्यक्ष सुवास परियारले बताउनु भयो ।

हाप्किडो संघले कोरोना संक्रमणका बेला खेलाडीहरुलाई सक्रिय बनाउन भर्चुयल रुपमा पनि प्रतियोगिताहरु आयोजना गरेको थियो नुवाकोट जिल्ला संघको आयोजनामा भदौमा सो प्रतियोगिता सम्पन्न गरेको थियो ।

नेपाल मार्शल आर्ट्स हाप्किडो संघले पोखरामा “प्रथम अन्तर्राष्ट्रिय मार्शल आर्टस् हाप्किडो सेमिनार–२०२०” समेत सम्पन्न गरेको छ । सेमिनारमा संयुक्त राज्य अमेरिकाका ग्राण्डमाष्टर हि क्वान ली, अष्ट्रियाका ग्रान्डमास्टर गेरहार्ड अग्रीञ्ज, इरानका हेडमास्टर जफार नभेइ, स्पेनका मास्टर सल्भाडोर कभालेरो र सिनियर मास्टर नेपालका कालीबहादुर घर्तीमगरले प्रशिक्षण दिनुभएको थियो ।

यसैगरि हाप्किडो संघ केन्द्रीय समितिको आयोजना गत फागुनमा बुटवलमा र्राष्ट्रिय मार्शल आर्टस हाप्किडो रेफ्री सेमिनार तथा डन बेल्ट टेष्ट कार्यक्रमको आयोजना गरिएको थियो । जसमा १ सय जना खेलाडीहरुको सहभागिता रहेको थियो ।

संघले हाप्किडो संघ, प्रदेश ५ र नेपाल मार्शल आर्टस् हाप्किडो संघको आयोजनामा चैतमा प्रथम लुम्बिनी मार्शल आर्टस् हाप्किडो खुल्ला राष्ट्रिय च्याम्पियनसिप प्रतियोगिता गर्ने घोषणा गरि सम्पूर्ण तयारी गरेको थियो तर कोरोना संक्रमण बढेपछि सो प्रतियोागिता अन्तिम चरणमा स्थगित गर्नु परेको थियो ।

चैतमा गर्ने भनिएको राष्ट्रिय स्तरको प्रतियोगिता छिटै बुटवलमा आयोजना गर्ने संघका प्रदेश अध्यक्ष सुवास परियारले बताउनु भयो ।

 

प्रकाशित मिति : सोमबार, मंसिर ८ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij