रुपन्देही । अर्थमन्त्री बनेपछि विष्णुप्रसाद पौडेल पहिलो पटक मंगलबार गृहजिल्ला आउनुभएको छ । जिल्लामा तय गरिएका विभिन्न कार्यक्रममा सहभागी हुन अर्थमन्त्री पौडेल रुपन्देही आउनुभएको उहाँको सचिवालयले जनाएको छ ।
मंगलबार मध्याह्न बुटवल आउनुभएका पौडेल बुटवलस्थित पार्टी कार्यालयमा भेटघाट कार्यक्रममा सरिक हुनुभयो । बुधबार बिहान १० बजे सैनामैनामा दुई विद्यालय भवनको उद्घाटन कार्यक्रममा सरिक हुने कार्यक्रम रहेको छ ।
अर्थमन्त्री पौडेलले बुधबार ११ बजे तिलोत्तमास्थित गिर्वाण स्कुलको भवन शिलान्यास गर्नुहुनेछ । बुधबार दिउसो १ बजे तिनाउ दानव कोरिडोरका शिलान्यास गर्ने कार्यक्रम रहेको भौतिक पूर्वाकार विकास मन्त्रालयले जनाएको छ । सडक विभागको आयोजनामा हुने उक्त कार्यक्रम तिलोत्तमाको मगरघाटमा हुने बताइएको छ ।
बुधबार साँझ पार्टी कार्यालयमा कार्यकर्ता भेटघाट कार्यक्रम राखिएको छ ।
मंसिर ११ गते बिहीबार पौडेलले झुम्सा खानेपानीको कार्यक्रममा पाल्पाको दोभानको निरीक्षण र अवलोकन गर्ने कार्यक्रम रहेको जनाइएको छ । सोही दिन १२ बजे तिलोत्तमा स्थित आनन्दवनमा १५ शैयाको अस्पतालको शिलान्यास गर्ने कार्यक्रम रहेको छ ।
अर्थमन्त्री बिहीबार दिउँसो बुटवलमा करसम्बन्धी कार्यक्रम र बुटवल नगरपालिकाको आयोजनामा हुने छलफलमा सहभागी भएर साँझ काठमाडौं फर्किने कार्यक्रम तय भएको सचिवालयले जनाएको छ
प्रकाशित मिति : मंगलबार, मंसिर ९ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्