मोहन वैद्यको घोषणा–‘सातै प्रदेशमा सरकारविरोधी प्रदर्शन गर्छौँ’

मोहन वैद्यको घोषणा–‘सातै प्रदेशमा सरकारविरोधी प्रदर्शन गर्छौँ’

काठमाडौँ – मोहन वैद्य ‘किरण’ नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी)ले सातै प्रदेशमा सरकारविरुद्ध प्रदर्शन गर्ने घोषणा गरेको छ । पार्टीले आगामी २५ मंसिरमा काठमाडौंसहितका सातै प्रदेशमा प्रदर्शन गर्ने निर्णय गरेको हो ।

गत मंसिर ८ देखि १० गतेसम्म बसेको सो पार्टीको पोलिटब्यूरो बैठकले भारतले कब्जा गरेको लिम्पियाधुरासहितको भूभाग फिर्ता, एमसीसीको विरोध, भ्रष्टाचार, महङ्गी, बालिका–महिला बलात्कार तथा हत्या, मजदुरहरुको निस्कासन तथा कटौतीको विरोध, किसानहरुका लागि मल तथा उत्पादित वस्तुको बजार एवम् सहुलियत ऋणको व्यवस्था, स्वदेशमै रोजगारीको सुनिश्चितता, शिक्षा तथा स्वास्थ्यको राष्ट्रियकरण, मजदुर, किसान, महिला, दलित, आदिवासी जनजाति, मधेशी, मुस्लिम सहितका उत्पीडित वर्ग तथा जनसमुदायका हक, हित तथा जनजीविकाका विषयलाई लिएर स्वतन्त्र तथा संयुक्त रुपमा विभिन्न प्रकारका सङ्घर्ष तथा आन्दोलन सञ्चालन गर्ने निर्णय गरेको पार्टी महासचिव मोहवद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

बैठकमा किरणले राजनीतिक प्रतिवेदन पेश गरेका थिए । प्रतिवेदनमा सामाजिक रुपान्तरण तथा क्रान्तिका लागि वस्तुगत परिस्थिति परिपक्व बन्दै गएको परन्तु आत्मगत परिस्थिति भने कमजोर रहेको कुरा दर्शाउँदै, छितरिएको सच्चा क्रान्तिकारी शक्तिलाई एकताबद्ध तुल्याउनुपर्ने ऐतिहासिक आवश्यकतामाथि विशेष जोड दिइएको छ ।

यस्तै पार्टीले प्रतिबन्धित नेत्र विप्लव चन्द नेतृत्वको नेकपाविरुद्ध लगाइएको प्रतिबन्ध फुकुवा गर्नसमेत माग गरिएको छ । यसअघि गोपाल किराती नेतृत्वको नेकपाले पनि विप्लवविरुद्धको प्रतिबन्ध फुकुवा गर्नुपर्ने भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई चेतावनीपत्र लेखेका थिए ।

प्रकाशित मिति : शुक्रबार, मंसिर १२ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij