काठमाडौँ ।
सत्तारुढ दल नेकपाको सचिवालय बैठक १६ गते पुनः बस्ने गरी सकिएको छ ।
आजको सचिवालय बैठकमा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले लिखित जवाफ पेस गरेका छन् ।
दुवै अध्यक्षले पेस गरेका प्रस्तावको अध्ययन गरी १६ गते छलफल गर्नेगरी आजको बैठक सकिएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
प्रधानमन्त्री ओलीले पेस गरेको प्रस्ताव सबै सचिवालय सदस्यलाई अध्ययनका लागि वितरण गरिएको र आगामी बैठकमा दुवै अध्यक्षका प्रस्तावमाथि छलफल हुने पनि प्रवक्ता श्रेष्ठले बताए ।
नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी सचिवालय बैठकमा लिखित प्रस्ताव पेस गर्दै अर्का अध्यक्ष पुष्पकमल दाहालले पेस गरेको प्रस्ताव कुण्ठा र कृत्रिम आरोपको संगालो भएको जनाएका छन् ।
दाहालले वितरण गरेको ’प्रस्ताव’को प्रस्तुति– तरिका, भाषाशैली र अन्तरवस्तुले पार्टीमा गंभीर संकट निम्त्याएको ओलीले पेस गरेको लिखित जवाफमा उल्लेख गरिएको छ
प्रकाशित मिति : शनिबार, मंसिर १३ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्