JanataToday.com

Advertisment

SKIP THIS

कञ्चनमा आजदेखि खुल्ला टि–टवान्टी क्रिकेट प्रतियोगिता सुरु

कञ्चनमा आजदेखि खुल्ला टि–टवान्टी क्रिकेट प्रतियोगिता सुरु

कन्चन
रुपन्देहीको कन्चन गाउँपालिकामा आजबाट खुल्ला टि–टवान्टी क्रिकेट प्रतियोगिता सुरु भएको छ ।नेशनल क्रिकेट एकेडेमी गैडहवा–८ को आयोजनामा कन्चनमा पहिलो पटक खुल्ला टि–टवान्टी ड्युज बल लिग क्रिकेट प्रतियोगिता आयोजना गरिएको हो । प्रतियोगिताको आज उद्घाटन गरिएको छ ।

प्रतियोगिताको उद्घघाटन कार्यक्रम लुम्बिनी प्रदेशसभा प्रमुख सचेतक तथा नेकपा सङ्गठन बिभाग प्रमुख भुमिश्वर ढकालले गर्नुभएको हो । उद्घाटन कार्यक्रममा बोल्दै सांसद ढकालले बर्तमान समयमा नेपालको चिनारी बन्न सफल खेल क्रिकेटको ग्रामीण स्तरमा यति भव्य प्रतियोगिता आयोजना हुनु गर्भको कुरा रहेको बताउनु भयो । यस क्षेत्रको बिकासमा आफु सधै कटिबद्ध रहेको भन्दै यस्ता कार्यक्रममा पनि आफ्नो पुर्ण सहयोग रहेने बताउनुभयो । दक्ष खेलाडि उत्पादन गर्न राम्रो खेल मैदान आवश्यक हुने गर्दछ । अहिले प्रतियोगिता भइराखेको उक्त खेल मैदानलाइ सैनामैनामा बन्दै गरेको गौतम बुद्ध रङ्गाशालाको अवधारणालाइ पूरा गर्न त्यसको टेस्ट म्याच खेल्ने अन्तराष्टिय मान्यता अनुरुपको रङ्गाशालाको रुपमा बिकास गरिने योजना रहेको उल्लेख गर्नुभयो ।

त्यस्तै कार्यक्रममा बोल्दै कार्यक्रमका बिशिष्ट अतिथि तथा गैडहवा गाउपालिकाका अध्यक्ष बच्चुलाल केवटले स्थानीय स्तरमा यस्ता कार्यक्रम हुनु गौरवको कुरा रहेको बताउनुभयो । खेलाडि उत्पादनका लागि यस्ता कार्यक्रममा स्थानिय सरकारको पुर्ण सहयोग रहने उहाँको भनाइ थियो ।

कन्चन गाउपालिकाको वडा नं २ स्थित गौतम बुद्ध आधारभुत विद्यालयको छेउमा रहेको खेलमैदानमा आजदेखि सुरु भएको प्रतियोगिता मंसिर २० गते सम्म सञ्चालन हुने आयोजकले शुक्रबार पत्रकार सम्मेलन गरी जानकारी गराइसकेको छ । उक्त प्रतियोगितामा ८ टिमको सहभागिता रहेको छ ।

जसमा नेशनल क्रिकेट एकेडेमी, खुकुरी क्रिकेट क्लव भैरहवा, तिलोत्तमा क्रिकेट एकेडेमी, अल्फा स्पोर्टस एकेडेमी काठमाण्डौँ, स्टार्स क्रिकेट एकेडेमी भैरहवा, वेस्र्टन क्रिकेट एकेडेमी बुटवल, बुटवल क्रिकेट क्लव, र नव युवा क्लव रहेका छन् ।

आजको उद्धघाटन सत्रको पहिलो खेलमा स्टार्स क्रिकेट एकेडेमी भैरहवा र तिलोत्तमा क्रिकेट एकेडेमी भिड्ने छन् । त्यस्तै दोस्रो खेलमा खुकुरी क्रिकेट क्लव भैरहवा र वेस्र्टन क्रिकेट एकेडेमी बुटवल बिच प्रतिस्पर्धा हुनेछ ।

क्रिकेट प्रतियोगितामा प्रथम हुने टिमले ७१ हजार १ सय ११ रुपैँया सहित शिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् भने द्धितीय हुने टिमले ३५ हजार ५ सय ५५ रुपैँया सहित शिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गर्ने आयोजकले जनाएको छ । प्रतियोगिता सम्पन्न गर्न करिब ७ लाख बढी खर्च हुने अनुमान छ ।

उद्घघाटन कार्यक्रम प्रतियोगिता मुल समितिका संयोजक मेघराज अर्यालको अध्यक्षता , प्रदेश सांसद भुमिश्वर ढकालको प्रमुख आतिथ्यता , गैडहवा गाउपालिकाका अध्यक्ष बच्चुलाल केवटको र कञ्चन पाउपालिकाका उपाध्यक्ष गोमा तरामुको बिशिस्ट आतिथ्यतामा , जनप्रतिनिधि , विभिन्न सङ्घ संस्थाका पदाधिकारी, समाजसेवी, बुद्धिजीवी खेलाडि आदिको आतिथ्यतामा तथा सरला शर्माको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको हो ।

प्रकाशित मिति : शनिबार, मंसिर १३ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij