काठमाण्डाै – बाग्लुङको गलकोटबाट काठमाण्डौ उडेको हेलिकप्टर नुवाकोटमा आकस्मिक अवतरण गरिएकाे छ ।
उडिरहेको हेलिकप्टरमा चरा ठोकिएपछि दुर्घटना भएको गलकोट नगरपालिका-३ का वडा अध्यक्ष वीरजंग भण्डारीले जानकारी दिनुभयो । हेलिकप्टरमै सवार उहाँले उडिरहेको हेलिकप्टरमा चरा ठोक्किएपछि नुवाकोटको बेलकोटगढी गाँउपालिकामा आकस्मिक अवतरण गर्नुपरेको जानकारी दिनुभयो ।
उहाँका अनुसार पाइलटसहित हेलिकप्टरमा रहेका ६ जना नै सुरक्षित छन् । केहीलाई सामान्य चोट लागेको छ । यस्तै, हेलिकप्टरको अगाडिको सिसा फुटेको पनि उहाँले जानकारी दिनुभयो ।
प्रकाशित मिति : आइतबार, मंसिर १४ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्